nepalastrovisio.com

admin

यश बर्ष श्रीकृष्ण जन्माष्टमी कहिले मनाउने अन्यौल कायमै छ ?

जब तिथिको समय घटि पला तलमाथि अथवा थप तथा घट बढ हुन्छ तव यस्तो खालकाे अन्यौल आउन्छ । अहिले जनै पूर्णिमा मात्र हैन जन्माष्टमी व्रतमा पनि अन्यौल कायम रहने देखिन्छ । २० गते वृद्धा सप्तमी परको छ भने २१ गते अष्टमी । तर सार्वजनिक विदा जन्माष्टमी विदा 20 गते छ तर पञ्चांगमा अष्टमी व्रत २१ लेखिएकाे छ भन्दै अन्याैलमा रहेकाे केहि गुनासाे अाएकाे छ ।मतभेद चिर्न बनेको धर्म संस्कृतीको संबिधान निर्णय सिन्धुको मत के छ ? २० गते मनाउने कि २१ गते । यो जान्न सबैभन्दा पहिला तिथि जान्नु पर्छ ।भाद्र महिना कृष्ण पक्ष अष्टमी २० गते राति ८ः०४ बजे पछि २१ गते ७ः५७ बजे राति सम्म । त्यस्तै उत्तम योगका लागि रोहिणी नक्षत्र २० गते दिउँस २ः४४ पछि २१ गते दिउँस ३ः १२ बजे सम्म ।अब निर्णय सिन्धु हेरौ ।  ‘सप्तमीसंयुताष्टम्यां निशीथे रोहिणी यदि । भविता साष्टमी पुण्या यावच्चन्द्रदिवाकरौ ।।’ इति वह्निपुराणाच्च । द्वितीयेऽसन्देह एव तृतीयपक्षे परैव । ‘वर्जनीया प्रयत्नेन सप्तमीसंयुताष्टमी साक्षापि न कर्तव्या सप्तमीसंयुताष्टमी ।।’ इति ब्रह्मवैवर्तात् । चतुर्ष्वपि त्रेया पूर्वेद्युर्निशीथेऽष्टमी परेऽद्धि रोहिणी, परेमी पूर्वेहि रोहिणी, उभयेयुरुप निशीथासम्बन्धो वेति आये परेर्जयन्ती योगस्य सत्त्वात्परैवेति माधवः । तदुक्तं तेनैव यस्मिन्वर्षे जयन्त्याख्यो योगो जन्माष्टमी तदा। अन्तर्भूता जयन्त्यां स्यानुयोगप्रशस्तितः।। इति। सप्तमीसहित – पद्मपुराणमा भनिएको छ – रोहिणीसहित अष्टमी भएमा त्यो सप्तमीविद्ध भए पनि ग्राह्य हुन्छ। फेरि गरुडपुराणमा भनिएको छ सप्तमीविद्धा जयन्तीमा उपवास गर्नुपर्दछ । यसैगरी आग्नेयपुराणमा भनिएको छ अष्टमीको आधारातमा रोहिणीनक्षत्र भएमा त्यो अष्टमी सूर्य चन्द्र रहेसम्म पुण्यफलदायक हुन्छ। दोस्रो पक्षमा कुनै सन्देह छैन । तेस्रो पक्षमा परा अष्टमी नै लिनुपर्दछ किनकि ब्रह्मवैवर्तमा भनिएको छ सप्तमीसहित अष्टमीलाई प्रयत्नपूर्वक छाड्नुपर्दछ । त्यो अष्टमी रोहिणीनक्षत्रले सहित भएमा पनि लिनुहुँदैन । चौथो पक्ष पनि तीन प्रकारको हुन्छ १. पहिलो दिन आधारातमा अष्टमीतिथि र पछिल्लो दिन रोहिणीनक्षत्र हुनु, २. दोस्रो दिन अष्टमी र पहिलो दिन रोहिणी हुनु, ३. दुबै दिन आधारातमा रोहिणी र अष्टमीको सम्बन्ध नहुनु । प्रथमपक्षमा दोस्रो दिन जयन्ती रहनाले दोस्रो दिन नै उपवास गर्नुपर्छ भन्ने माधवको मत छ । माधवको भनाइ यसप्रकार छ जुन वर्ष जन्माष्टमीमा जयन्तीयोग पर्दछ त्यो वर्ष जन्माष्टमी जयन्तीयोगमा अन्तर्भूत हुन्छ। किनभने रोहिणीयोगमा पर्ने जन्माष्टमीको निकै महत्त्व हुन्छ । -अब यहाँ छुट्टै रंगले चिन्ह लगाएको प्रमाणलाई हेर्दा २० गते राति अष्टमी त्यस्मा पनि रोहिणी सहितको रात्रीकालिन अष्टमी भएकोले २० गते नै जन्माष्टमी व्रत सर्वोत्तम हुन्छ । जन्माष्टमी व्रत र अष्टमी व्रत फरक अर्थात भिन्न हुन तिथि व्रतमा सामान्यतया उदयकालिन तिथि लिने गरिन्छ । त्यसैले २१ गते अष्टमी व्रत र २० गते जन्माष्टमी व्रत रहेकाे छ । ज्याेतिष- प्रकाश पाैडेल सचिव ः नेपाल ज्याेतिष परिषद् कपिलवस्तु

सन्तोष ज्योतिष तथा वास्तु परामर्श केन्द्रले अन्तराष्ट्रि स्तरमा परामर्श सेवा सुरुगरेको छ

सन्तोष ज्योतिष तथा वास्तु परामर्श केन्द्रले अन्तराष्ट्रि स्तरमा परामर्श सेवा सुरुगरेको छ । सामान्यतया वेवसाइट भाइवर व्वाटसप बाटै समय शुरक्षित गरि अडियो भिडियो कल बाटै ज्योतिष एवं वास्तु परामर्श लिन मिल्ने व्यवस्थापन गरेको छ । त्यसो त आचार्य प्रकाश पौडेलले भारतमा ज्योतिष तथा भागवत अध्यन गरि २०१७ भन्दा पहिलानै भारतमा पहिलो पटक हिन्दी भाषामा सप्ताहमहायज्ञ गरि आफ्नो जीवनको आध्यात्मिक सुरुवात प्रारम्भ गर्नु भएको थियो । भारतमै ज्योतिष प्रशिक्षण गराउदै आउनु भयो । पछि कपिलवस्तुको बाणगंगा नगरपालिका बाट कार्यालय स्थापना गरि नेपाल सरकारको सम्वन्धि निकायमा दर्ता गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय सेवा प्रदान गर्दै आउनु भएको छ । हजुरवुवा स्व० कृष्णप्रसाद बुवाः शालिकराम पौडेल स्वयं आफु प्रकाश पौडेल ज्योतिष विषयका जानकार हुनु हुन्छ

जनै पूर्णिमा १४ गते हाे । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति-विज्ञप्ति सहित

जनै पूर्णमाका विषयमा अन्योल थपिदै गए पछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति एक विज्ञप्ति जारी गर्दै अन्योलमा नरहन आग्रह गरेको हो । विज्ञप्तिमा के छ ? वि।सं। २०८० सालको भाद्र १४ गते विहिवारको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व सम्बन्धमा समाजमा हाम्रो धर्मशास्त्र, संस्कृति र परंपरामा असर पर्ने गरी भ्रामक टीका टिप्पणी र प्रचार(प्रसार भएकोले जनमानसमा भ्रम सृजना भएको भन्ने जानकारी समितिमा आएको छ । यस सन्दर्भमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा धर्मशास्त्रीहरू र चाडपर्वविशेषज्ञहरूको उपस्थितिमा व्यापक छलफल गरी शास्त्रको मर्म र विद्वानहरूको राय मुताविक निर्णय भई स्वीकृत पञ्चाङ्गहरूमा उल्लिखित भाद्र १४ गते विहिवार पर्ने ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन हाम्रो धर्म, संस्कृति र परंपरा अनुकूल रहेको छ । अघिल्लो दिन पूर्णिमासँगै भद्रा रहेकाले १३ गते रात्रिमा ९ वजेर ३ मिनेटमा मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न मिल्दैन । रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भोलिपल्ट नै गर्नु पर्ने देखिन्छ । हालसम्म रक्षाबन्धन र जनै पूर्णिमालाई अलग अलग गर्ने परम्परा पनि छैन र एकै दिन गर्ने गरेको नै नेपालको परम्परा रहेको देखिन्छ । यस वर्षको जस्तो तिथिहरूको अवस्था गतवर्षहरूमा पनि परेको थियो जस्तै वि।सं। १९९४, २०२४, २०३०, २०३१, २०५५ २०६१, २०७० र २०७९ सालमा पनि परेको थियो । उक्त वर्षहरूमा १ घडीमात्र उदयपूर्णिमा भए पनि सोही दिन नै जनै पूर्णिमा मनाइएको पाइन्छ । धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखासूत्र, अनुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने हाम्रो परंपरासमेत रहि रहेको छ । भाद्र १४ गते का दिन पूर्णिमा तिथि को घट्यादि घ मुहूर्त व्यापी छँदैछ । यसको अनुकल्प २ मुहूर्त भए पनि पुग्छ । विधि निषेधको न्यायद्वारा अगिल्लो दिन उक्त पर्वमनाउने विधि र भोलिपल्ट मनाउनै नहुने निषेध पनि देखिन्न । चार वेदका पनि अनेक शाखासूत्र भएकाले कतिपय निर्णय स्वशाखा सूत्रानुसार हुने गर्दछ । स्वशाखा सूत्रमा फरक परेमा आफ्नो शाखासूत्रानुसार गर्ने छुट पनि सवैलाई रहेको सूचना समितिवाट स्वीकृत सवै पञ्चाङ्गहरूमा उल्लेख नै छ ।शास्त्रका निम्नलिखित वचनहरूले पनि उदयकाल पूर्णिमाको दिन नै उपाकर्म, रक्षाबन्धन आदि गर्नुपर्ने पुष्टि गर्दछ ।

Gemstone

माणिक्य (Ruby) माणिक्य सूर्यको एक मूल्यवान् रत्न हो । सामान्यतया माणिक्यले सिंह राशि र मेष, सिंह र धनु लग्नका मानिसका लागि सकारात्मक उर्जा प्रदान गर्दछ । कुण्डलीमा सूर्यको स्थिति अनुकुल नभएमा माणिक्य धारण गर्नु फलदायी हुन्छ । सामान्यतया माणिक्यको रंग गुलाबी रातो हुन्छ । वैज्ञानिक दृष्टिले यसको रासायनिक संरचना एल्यूमीनियम आक्साईड, क्रिस्टलाईज कार्वन हो र यसमा लौह क्रोमियम, एल्मुनियम, अक्सीजनआदि तत्त्व मिश्रित हुन्छ, यो धारण गर्नाले सूर्यजन्य पिडा शान्त हुन्छ । माणिक्यको उपरत्न ‍‍‍‍लालडी, सूर्यकान्त,गार्नेट आदि हो । यसलाई आईतवार या विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी अनामिका (साईंली) औंलामा धारण गर्नाले शुभफल मिल्नेछ । मोती (Pearl) मोती चन्द्रमाको एक मूल्यवान् रत्न हो । सामान्यतया कर्कट, वृश्चिक, मकर र मीन लग्न भएका जातक र कर्कट राशिका लागि मोती धेरै राम्रो मानिन्छ । कुण्डलीमा चन्द्रमाको स्थिति अनुकुल नभएमा मोती धारण गर्नु लाभदायी हुन्छ । सामान्यतया मोतीको रंग चमकिलो सेतो हुन्छ र यो एक जैविक रत्न हो । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार मोतीमा क्याल्सियम, जैव पदार्थ, पानी, अक्सीजन र अन्य तत्त्वहरू हुन्छन् । मोतीको उपरत्न सीप, चन्द्रकान्ता र शंखमुक्ता हो । यसलाई सोमवार या विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी कच्छी औंलामा धारण गर्नाले शुभफल मिल्नेछ । मूंगा (Coral) मूंगा मंगल ग्रहलाई प्रतिनिधित्त्व गर्ने मूल्यवान् जैविक रत्न हो । मूंगा सामान्यतया मेष, वृश्चिक, सिंह र कर्कट लग्न भएका जातक र मेष र वृश्चिक राशिका लागि अत्यन्तै प्रभावकारी मानिन्छ । कुण्डलीमा मंगलको स्थिति अनुकुल नभएमापनि मूंगा धारण गर्न सकिन्छ । सामान्यतया मूंगा सिन्दुरे रातो वा गेरुवा रंगको हुन्छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार मूंगा मापनि क्याल्सियम, कार्बन, अक्सीजन र अन्य तत्त्वहरू हुन्छन् । मूंगा को उपरत्न तामडा हो । मूंगा लाई मंगलवार या विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी साईली औंलामा धारण गर्नाले शुभफल मिल्नेछ । पन्ना (Emerald) पन्ना बुध ग्रहको प्रतिनिधित्त्व गर्ने मूल्यवान् खनिज रत्न हो । पन्ना सामान्यतया वृष, सिंह, धनु र मेष लग्न र मिथुन र कन्या राशिका मानिसले धारण गर्दा अत्यन्तै लाभदायी हुनेछ । कुण्डलीमा बुध ग्रहको अनुकूल स्थिति नभएमापनि पन्ना धारण गरी शुभफल प्राप्त गर्न सकिन्छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार पन्नामा एल्मुनियम, बेरिलियम सिलिकेट, ग्रेनाइट, पेग्मेटाईट र अन्य तत्त्वहरू हुन्छन् । यो भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, ब्राजिल, इटाली, इन्डोनेशिया, नर्वे आदिमा उच्च स्तरको पन्ना पाईन्छ । पन्नाको रंग सामान्यतया हरियो हुन्छ । पन्नाको उपरत्न जबरजद्द हो । पन्नालाई बुधवार या विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी कान्छी औंलामा धारण गर्नाले सुख एवं समृद्धि मिल्नेछ । पुखराज (Topaz, Yellow Sapphier) पुखराज बृहस्पति ग्रहको हुल्यावन् रत्न खनिज रत्न हो । सामान्यतया पुखराज धनु, मीन, मिथुन र कन्या लग्न र धनु तथा मीन राशिका जताकका लागि धेरै महत्त्वपूर्ण हुन्छ । कुण्डलीमा बृहस्पति ग्रहको प्रतिकूल स्थिति भएमापनि पन्ना धारण गरी सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ । यसमापनि वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार पुखराजमा एल्मुनियम, फ्लोरीन, सिलिका र अन्य तत्त्वहरू हुन्छन् । पुखराज पहेंलो, घ्यूरंग, सेतो सहित धेरै प्रकारको हुन्छ । पुखराजको उपरत्न सुनैला हो । पुखराजलाई विहीवार या विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गरी चोरी औंलामा धारण गर्नाले विद्या, बुद्धि, पद, प्रतिष्ठा, समृद्धि एवं प्रेम प्राप्तिमा निकै सहयोगी सिद्ध हुनेछ । हीरा (Diamond) शुक्रग्रहलाई प्रतिनिधित्व गर्ने बहुमुल्यवान् रत्न हीरा हो । यो पारदर्शी र शितलता प्रदान गर्ने खनिज रत्न हो । वृष, तुला, कन्या, मकर र कुम्भ लग्न र वृष एवं तथा तुला राशिका जfताकका लागि धेरै महत्त्वपूर्ण हुन्छ । यसको प्रयोगले पारिवारिक सुख, सन्तान सुख प्राप्ति आदिको लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार हीरामा विशुद्ध क्रिस्टलाईज कार्वन हुन्छ यो एउटा कोईलाको जाति हो । कुण्डलीमा शुक्रग्रह जनित दुश्प्रभाव भएमा हीरा धारण गरी शुभ फल प्राप्त गर्न सकिन्छ । हीराको रंग सेतो, रातो, पहेंलो, हरियो, निलो, कालोआदि धेरै प्रकारको हुनेकुरा पौराणिक कथाहरूमा पाईन्छ । हीराको उपरत्न जिर्कन हो । हीरालाई शुक्रवार या विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गरी कान्छी औंलामा धारण गर्नाले विद्या, बुद्धि, पद, प्रतिष्ठा, समृद्धि एवं प्रेम प्राप्तिमा समेत निकै सहयोगी हुनेछ । नीलम (Blue Sapphire) नीलम शनि ग्रहको प्रतिनिधित्व कारक र शक्तिशाली खनिज रत्न हो । सामान्यतया मकर, कुम्भ, वृष, तुला लग्न र मकर एवं कुम्भ राशि भएका जfताकका लागि बहुउपयोगी सिद्ध हुन्छ । यसको प्रयोगले आयु, आरोग्य, भाग्यवृद्धि र शीघ्र सफलता दिलाउन सक्ने उर्जा, जातकलाई शिघ्र फल दिई राजालाई रंक र रंक लाई राजा बनाउने क्षमता नीलममा विद्यमान हुन्छ । वैज्ञानिक दृष्टिले यसको रासायनिक संरचना बेरिलियम सिलिकेट, एल्यूमीनियम आक्साईड हो र यसमा धेरै तत्त्वहरु मिश्रित हुन्छ । ग्रह गोचर या कुण्डलीमा शनि ग्रहको प्रतिकूल स्थिति भएमापनि नीलम धारण गरी सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ । नीलमको रंग धेरै प्रकारको भएता पनि अधिकतम नीलो रंगकै हुन्छ भने यसको उपरत्न लाजवर्द, ब्लु गार्नेट, कटैलाआदि हो । नीलमलाई शनिवार या विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गराई मध्यमा (माझी) औंलामा धारण गर्नाले चमत्कारी लाभ मिल्नेछ । गोमेद (Zircon,Hessonite) राहु ग्रहको प्रतिनिधित्त्व गर्ने खनिज रत्न गोमेद हो । यसको रंग गोमूत्रको समान हुन्छ । यसको प्रयोगले ग्रह गोचर, राहुजन्य ग्रहको प्रतिकूल स्थिति भएमा, राहुजन्य दोष, सर्पयोग, महादशा, अन्तरदशाआदि प्रतिकूल भएमा गोमेद धारण गरी शुभफल प्राप्त गर्न सकिन्छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार गोमेदमा एल्यूमीनियम, अक्सीजन, जरकोनियम सिलिकेट, आदि तत्त्व हुन्छ भने यसको उपरत्न तुरसावा र साफी आदि हो र यो उपरत्न धारण नगरेकै राम्रो मानिन्छ । यसको प्रयोगले शुभ अशुभ फल तत्कालै देखा पर्दछ त्यसैले विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गराई शुभ साईतमा माझी औंलामा धारण गर्नाले राम्रो फल मिल्नेछ । लहसुनिया (Cat’s Eye) लहसुनिया वा वैदूर्य केतुग्रहको प्रतिनिधित्त्व कारक खनिज रत्न हो । विरालोको आँखा जस्तै चम्किलो देखिने यो रत्न अन्य पत्थरको तुलनामा एकदमै भिन्न प्रकारको हुन्छ । लहसुनिया धारण गर्नु भन्दा पूर्व विज्ञहरूको सल्लाह एवं सुझाव अनुसार धारण गरेमा चमत्कारी लाभ मिल्नेछ । वैज्ञानिक दृष्टिले लहसुनियालाई दुई भागमा विभाजन गरिएकोछ: क्राइसोबेरिल र स्फटिक वर्ग । क्राइसोबेरिलमा एल्यूमीनियम, बेरीलियम र क्रोमियम विद्यमान हुन्छ भने स्फटिकीयमा सिलिका, अक्सीजन आदि तत्त्व हुन्छ । कुण्डलीमा केतु ग्रहको अनुकूल स्थिति भएमा, केतुको ग्रहगोचर नराम्रो भएमापनि लहसुनिया धारण गरी शुभफल प्राप्त गर्न सकिन्छ । लहसुनियाको उपरत्न संगी र गोदन्ती हो । लहसुनियालाई शुभदिनमा विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी माझी औंलामा धारण गर्न सकिन्छ । यहाँहरूको अमूल्यजीवन रत्नमय होस्, शुभकामना ।

error: Content is protected !!