सोह्र श्राद्ध पितृ पक्ष: २०८२
सोह्रश्राद्ध पितृपक्ष भित्रका नीति नियम र चलनचल्तीका शात्रीय तर्क- प्रकाश पौडेल सेयर गर्नु होस् ! सेयर गर्नु होस् ! सोह्रश्राद्ध पितृपक्ष भित्रका नीति नियम र चलनचल्तीका शात्रीय तर्क- कुन तिथिको श्राद्ध कति गते गर्ने? सके सम्म सबै तिथिमा ( १५ दिन) पिण्डदान दिनु नसकेमा बुवाको मृत्यु तिथिमा गर्नु पर्छ । त्यसमा पनि विशेष कारणले नसकेमा त्यही पक्षको औंशीमा गर्नु पर्छ । त्यसरी पनि गर्न नसके सामान्य न्याय अनुसार गाई तिहारे औंशीमा गर्नु पर्छ । भन्ने शास्त्रीय मत देखिन्छ । विशेष अज्ञानवस, तिथि थाहा नभए र अथवा अन्य कारणले श्राद्ध गर्न छुटेमा एकादश्यांतु कर्तव्यं कृष्णपक्षे विशेषतः भन्ने वचनका आधारमा एकादशी मै गर्नु पर्ने शास्त्रका मत देखिन्छन् तर पनि वशिष्ठले यस मतमा असन्तुष्टि राख्दै भनेका छन् पुत्रको चाहना राख्नेले एकादशीमा श्राद्धकर्म गर्न हुँदैन र यसलाई निराधार मान्न सकिदैन अर्थात एकादशीमा श्राद्ध गर्नु हुन्न र यो नियम रोकिएका श्राद्धका विषयमा हो । केही शास्त्र प्रमाणले औंशीका दिन श्राद्ध गर्नु सर्वोत्तम भनेका छन् तर लोक व्यवहारमा मध्यम तिथि अष्टमीमा गर्ने प्रचलन अधिक देखिन्छ यहाँ मध्ये तिथि भन्ने शब्दलाई मध्यम बनाएर तर्क गरेको पनि सुने तर…। शास्त्रकै दृष्टिमा पनि अष्टमीमा गर्न मिल्छ भन्ने मत छ । मृत्यु भएकै तिथिमा श्राद्ध गर्नु पर्छ भएन भने चाँहि शास्त्रले निषेध गरेका दिन बाहेक अन्य दिन द्वादशी औंशी र अष्टमीमा श्राद्ध गर्नु पर्ने कुरा धर्म सिन्धुमा स्पष्ट छ । पूर्णिमाको श्राद्ध ? तर पूर्णिमाको श्राद्ध सोह्र श्राद्ध सुरु नहुँदै अघिल्लो दिन पूर्णिमा तिथिमा गर्ने गरेको देखियो तर यो निराधार र अशास्त्रीय भएको मानिन्छ अघिल्लो दिन सोह्रश्राद्ध सुरु नहुँदै कसरी सोह्र श्राद्ध गर्न मिल्छ र ? पूर्णिमाको श्राद्धमा शास्त्र- यस विषयमा पूर्णिमा शब्द प्रयोग गरि शास्त्रले केही बोलेको खासै भेटिँदैन बरु मौनता अधिक देखिन्छ । निर्णय सिन्धु श्राद्ध प्रकाश पनि मौनतामै रमणको आभास अधिक गराँन्छन् । तर धर्म सिन्धु भने आफूमा यस प्रश्नको उत्तर समाहित गरेको देखिन्छ । धर्म सिन्धु : चतुर्दशी र पूर्णिमाका दिन मृत्यु तिथि परेमा सोह्र श्राद्धमा द्वादशी,औंशी र अष्टमीमा ( मध्ये कुनै एक दिन ) श्राद्ध गर्नु पर्ने कुरा धर्म सिन्धुमा स्पष्ट छ । औंशीमा सबै शास्त्रले श्राद्धका लागि विशेष मानेका हुँदा औंशीमै गर्नु अझ शास्त्रको मर्म बुझिने तर्क बलियो लाग्छ । तथापि द्वादशी औंशी र अष्टमीमा ( मध्ये कुनै एक दिन ) श्राद्ध गर्नु शास्त्र सम्मत नै रहने छ । चतुर्दशीमा श्राद्ध निषेध- चतुर्दशीमा मृत्यु तिथि हुनेले चतुर्दशीमै सोह्र श्राद्ध गर्न मिल्दैन यहाँ पनि माथिकै नियम लागू हुन्छ चतुर्दशीमा केवल शस्त्रले मारिएकाको मात्र तिथि गर्नु पर्छ । तर यसमा असहज देखिन्छ चतुर्दशी मृत्यु तिथि हुनेहरूका लागी चतुर्दशीमै गर्न चाहने र तर्क गर्ने अधिक भए पनि नीति नियममा प्रमाणको आवश्यकता पर्छ र प्रमाणले चतुर्दशीमा गर्न मिल्दैन बरु १५ दिन सधैँ गर्न भने मिल्ने देखिन्छ । तर- कुनै पनि वास्तविक तिथि लोप गर्नु नहुने भएकोले चतुर्दशीमा श्राद्ध गर्दा नीति नियम र शास्त्रको सार हनन नहुने पनि शास्त्रीय आधार छ अतः चतुर्दशीमा श्राद्ध गर्न मिल्छ भन्दा फरक नपर्ने कुरा विज्ञजन ले बताउनु भएको छ । शस्त्रादी,दुर्घटनादिबाट अकाल मृत्यु भएमा चतुर्दशीका दिन श्राद्ध गर्नु पर्छ । एकादशीमा श्राद्ध निषेध अशास्त्रीय- एकादशी आदिका दिन श्राद्ध परेमा श्राद्ध गर्नु पर्छ । कतिले एकादशीमा अन्न निषेध भएकोले हामी श्राद्ध गर्दैनौ भन्ने तर्क गरेको भेटिन्छ जुन अशास्त्रीय छ । वास्तवमा श्राद्ध लोप गर्नु नै हुँदैन । कसरी गर्ने एकादशी श्राद्ध- श्राद्धशेषान्न सबै अन्न एउटा टपरी वा थालीमा पस्किएर त्यो सबै अन्न कर्ताले सुँघेर त्यो समग्र टपरीको अन्न नै गाईलाई खुवाउनु पर्दछ । व्रत लिएको कर्ताले कन्दमुल,फलफूल आदि अनुकल्पको रुपमा उपवासमा भक्षणीय पदार्थ पितृब्राह्मणलाई अर्पण गरी शेष पितृप्रसादको रुपमा ग्रहण गर्नु पर्छ । अशक्ततामा आमान्न श्राद्ध वा सुवर्ण श्राद्ध गर्नु पर्दछ । एकादशी अनियमिततम भए श्राद्धीय भोजननै ग्रहण गर्नु पर्दछ । १५ दिनको तिथि सोह्र श्राद्ध कसरी भयो ? सोह्रश्राद्धमा १५ तिथि हुनु र त्यसलाई सोह्र श्राद्ध भनिनु आफैमा प्रश्न वाचक चिन्ह प्रस्तुत गरेको तर्क लोक व्यवाहारमा छ र यसमा लौकिक मतान्तर पनि स्पष्ट देखिन्छ । तर निर्णय सिन्धुमा हेमाद्रिले तिन प्रकारका निर्णय प्रस्तुत गरेको पाइन्छ । जसमध्ये अन्तिम शास्त्रीय मर्मानुसार भएको व्याख्या छ । पूर्णिमा लाई पूर्ण चन्द्रोदय भएका कारण र वृद्धितिथिलाई क्षय तिथि हुदाँ सान्दिर्भिक नभएकाले अघिल्ला २ निर्णय शास्त्रको मर्मानुसार नभएको मान्न सकिन्छ । तर अन्तिम निर्णयमा संका उत्पन्न हुँदैन “अहः षोडशकं युत्तु शुक्ल प्रतिपदा सह । चन्द्रक्षयाविशेषेण सापि दर्शात्मिका स्मृता ।” आश्विन शुक्ल प्रतिपदासमेतको योग गर्दा शुक्ल प्रतिपदा सहित १६ तिथि हुन्छन् अत यसैलाई सोह्र श्राद्ध भनिएको हो । शुक्ल प्रतिपदामा चन्द्रमाको क्षय हुने हुँदा अथवा चन्द्रमा नदेखिएको कारणले यसलाई अमावस्यासरह मान्नु पर्छ भन्ने व्याखया निर्णय सिन्धुमा छ । श्रीमतीको आवस्यकता- महालय सोह्र श्राद्ध सपत्निक(पत्निलाई साथमा लिएर)गर्नु पर्छ । पत्नि रजस्वला भएमा चोखिए पछि र गर्भिणी भएमा सिधादान मात्र गरे पनि हुन्छ । दुई भाईले एउटै घरमा श्राद्ध गर्न नहुने मानो पाथी गरी छुट्टिएका वा भान्सा फरक भएका फरक घर धुरी भएकाले छुट्टाछुट्टै तिथि गर्नु पर्छ । एउटै घरमा दुई भाइले छुट्टा छुट्टै गुरु पुरोहित बाट श्राद्ध गर्न नमिल्ने देखिन्छ । तर केही तर्कका धनिले यसमा संका गरेपनि नीति नियमहरु प्रमाणको अभावमा वा भावनात्मक रुपमा परिवर्तित हुँदैन । • टिका लगाउने कुरा “ललाटे पुण्ड्रकं दृष्ट्वा स्कन्धे माला तथैव च । निराशा: पितरो यान्ति दृष्ट्वा च वृषलीपतिम् । ऊर्ध्वञ्च तिलकं कुर्याद्दैव पित्र्ये च कर्मणी ।।” श्राद्ध होस् अथवा देव कर्म त्रिपुण्ड अथवा गोलाकार टिका निशेष गरिएको छ । यस्ता कर्म गर्दा उर्ध्व अर्थात माथि गएको टिका लगाउनु पर्ने वृद्ध पराशरको मत रहेको छ । तथापि यस विषयमा स्व-इच्छा भन्ने मत पनि छ र यो अधिक शक्तिशाली रहेको छ । तर्क बलियो छ र यो शास्त्रीय तर्क हो । भ्रम केही अज्ञानी व्यक्तिले विवाह गरेको ६ महिना भित्र श्राद्ध गर्न नहुने बताएका छन् तर यसमा शास्त्रीय तर्क नभएको वृहस्पतिको मत रहेको छ । महालय नगर्दा : श्राद्धं न कुरुते मोहात् तस्य रक्तं पिवन्ति ते । श्राद्ध नगर्दा प्रेत गति प्राप्त गरि मरेका व्यक्तिले घोर कष्ट पाउन्छन् र व्याध्य भएर सन्तान (जिवित व्यक्ति)को क्षण क्षणमा खुन चुस्छन् घोर कष्ट दिन्छन् । जसका श्रापले आफु र आफ्ना छोरा छोरीले जिवन भरी घोर कष्ट भोग्न पर्छ । -ब्रह्म पुराण जसले पितृहरुकोमहालय श्राद्ध प्रमादवस गर्दैन त्यसले निम्नलिखित मन्त्र दुइ महिना सम्म दिनमा १० पटक जप गर्नु पर्छ । मन्त्र प्रमाण : ऋ/१/१५३/ (वास्तवमा माथि उल्लेखित निर्णय सोधिएका प्रस्नका जवाव (QNA)हुन् ।निर्णय सिन्धुमा,श्राद्ध प्रकाश,धर्म सिन्धुमा उल्लेख छन् हचुवाका भरमा लेखिएका हैनन् प्रमाण सुरक्षित छन्) •वास्तविक निर्णय सामाजिक सञ्जालका सबै तर्क मान्ने योग्य अथवा शास्त्रीय हुदैनन् । फेरी वेदका अनेक शाखा छन् र साखा अनुसारको निर्णय फरक-फरक पर्छ/मत मतान्तर पनि छन्/कतिपय अवस्थामा लोकाचार र कुलाचार







