nepalastrovisio.com

admin

सोह्र श्राद्ध पितृ पक्ष: २०८२

सोह्रश्राद्ध पितृपक्ष भित्रका नीति नियम र चलनचल्तीका शात्रीय तर्क- प्रकाश पौडेल सेयर गर्नु होस् ! सेयर गर्नु होस् ! सोह्रश्राद्ध पितृपक्ष भित्रका नीति नियम र चलनचल्तीका शात्रीय तर्क- कुन तिथिको श्राद्ध कति गते गर्ने?  सके सम्म सबै तिथिमा ( १५ दिन) पिण्डदान दिनु नसकेमा बुवाको मृत्यु तिथिमा गर्नु पर्छ । त्यसमा पनि विशेष कारणले नसकेमा त्यही पक्षको औंशीमा गर्नु पर्छ । त्यसरी पनि गर्न नसके सामान्य न्याय अनुसार गाई तिहारे औंशीमा गर्नु पर्छ । भन्ने शास्त्रीय मत देखिन्छ ।  विशेष अज्ञानवस, तिथि थाहा नभए र अथवा अन्य कारणले श्राद्ध गर्न छुटेमा एकादश्यांतु  कर्तव्यं  कृष्णपक्षे विशेषतः भन्ने वचनका आधारमा एकादशी मै गर्नु पर्ने शास्त्रका मत देखिन्छन् तर पनि वशिष्‍ठले यस मतमा असन्तुष्टि राख्दै भनेका छन् पुत्रको चाहना राख्नेले एकादशीमा श्राद्धकर्म गर्न हुँदैन  र यसलाई निराधार मान्न सकिदैन अर्थात एकादशीमा श्राद्ध गर्नु हुन्न र यो नियम रोकिएका श्राद्धका विषयमा हो । केही शास्त्र प्रमाणले औंशीका दिन श्राद्ध गर्नु सर्वोत्तम भनेका छन् तर लोक व्यवहारमा मध्यम तिथि अष्टमीमा गर्ने प्रचलन अधिक देखिन्छ यहाँ मध्ये तिथि भन्ने शब्दलाई मध्यम बनाएर तर्क गरेको पनि सुने तर…। शास्त्रकै दृष्टिमा पनि अष्टमीमा गर्न मिल्छ भन्ने मत छ । मृत्यु भएकै तिथिमा श्राद्ध गर्नु पर्छ भएन भने चाँहि शास्त्रले निषेध गरेका दिन बाहेक अन्य दिन द्वादशी औंशी र अष्टमीमा श्राद्ध गर्नु पर्ने कुरा धर्म सिन्धुमा स्पष्ट छ ।  पूर्णिमाको श्राद्ध ?  तर पूर्णिमाको श्राद्ध सोह्र श्राद्ध सुरु नहुँदै अघिल्लो दिन पूर्णिमा तिथिमा गर्ने गरेको देखियो तर यो निराधार र अशास्त्रीय भएको मानिन्छ अघिल्लो दिन सोह्रश्राद्ध सुरु नहुँदै कसरी सोह्र श्राद्ध गर्न मिल्छ र ?  पूर्णिमाको श्राद्धमा शास्त्र-  यस विषयमा पूर्णिमा शब्द प्रयोग गरि शास्त्रले केही बोलेको खासै भेटिँदैन बरु मौनता अधिक देखिन्छ । निर्णय सिन्धु श्राद्ध प्रकाश पनि मौनतामै रमणको आभास अधिक गराँन्छन् । तर धर्म सिन्धु  भने आफूमा यस प्रश्नको उत्तर समाहित गरेको देखिन्छ । धर्म सिन्धु : चतुर्दशी र पूर्णिमाका दिन मृत्यु तिथि परेमा सोह्र श्राद्धमा द्वादशी,औंशी र अष्टमीमा ( मध्ये कुनै एक दिन ) श्राद्ध गर्नु पर्ने कुरा धर्म सिन्धुमा स्पष्ट छ । औंशीमा सबै शास्त्रले श्राद्धका लागि विशेष मानेका हुँदा औंशीमै गर्नु अझ शास्त्रको मर्म बुझिने तर्क बलियो लाग्छ । तथापि द्वादशी औंशी र अष्टमीमा ( मध्ये कुनै एक दिन ) श्राद्ध गर्नु शास्त्र सम्मत नै रहने छ ।  चतुर्दशीमा श्राद्ध निषेध-  चतुर्दशीमा मृत्यु तिथि हुनेले चतुर्दशीमै सोह्र श्राद्ध गर्न मिल्दैन यहाँ पनि माथिकै नियम लागू हुन्छ चतुर्दशीमा केवल शस्त्रले मारिएकाको मात्र तिथि गर्नु पर्छ । तर यसमा असहज देखिन्छ चतुर्दशी मृत्यु तिथि हुनेहरूका लागी चतुर्दशीमै गर्न चाहने र तर्क गर्ने अधिक भए पनि नीति नियममा प्रमाणको आवश्यकता पर्छ र प्रमाणले चतुर्दशीमा गर्न मिल्दैन बरु १५ दिन सधैँ गर्न भने मिल्ने देखिन्छ । तर- कुनै पनि वास्तविक तिथि लोप गर्नु नहुने भएकोले चतुर्दशीमा श्राद्ध गर्दा नीति नियम र शास्त्रको सार हनन नहुने पनि शास्त्रीय आधार छ अतः चतुर्दशीमा श्राद्ध गर्न मिल्छ भन्दा फरक नपर्ने कुरा विज्ञजन ले बताउनु भएको छ ।  शस्त्रादी,दुर्घटनादिबाट अकाल मृत्यु भएमा चतुर्दशीका दिन श्राद्ध गर्नु पर्छ ।  एकादशीमा श्राद्ध निषेध अशास्त्रीय-  एकादशी आदिका दिन श्राद्ध परेमा श्राद्ध गर्नु पर्छ । कतिले एकादशीमा अन्न निषेध भएकोले हामी श्राद्ध गर्दैनौ भन्ने तर्क गरेको भेटिन्छ जुन अशास्त्रीय छ । वास्तवमा श्राद्ध लोप गर्नु नै हुँदैन । कसरी गर्ने एकादशी श्राद्ध-  श्राद्धशेषान्न सबै अन्न एउटा टपरी वा थालीमा पस्किएर त्यो सबै अन्न कर्ताले सुँघेर त्यो समग्र टपरीको अन्न नै गाईलाई खुवाउनु पर्दछ । व्रत लिएको कर्ताले कन्दमुल,फलफूल आदि अनुकल्पको रुपमा उपवासमा भक्षणीय पदार्थ पितृब्राह्मणलाई अर्पण गरी शेष पितृप्रसादको रुपमा ग्रहण गर्नु पर्छ । अशक्ततामा आमान्न श्राद्ध वा सुवर्ण श्राद्ध गर्नु पर्दछ । एकादशी अनियमिततम भए श्राद्धीय भोजननै ग्रहण गर्नु पर्दछ । १५ दिनको तिथि सोह्र श्राद्ध कसरी भयो ?  सोह्रश्राद्धमा १५ तिथि हुनु र त्यसलाई सोह्र श्राद्ध भनिनु आफैमा प्रश्न वाचक चिन्ह प्रस्तुत गरेको तर्क लोक व्यवाहारमा छ र यसमा लौकिक मतान्तर पनि स्पष्ट देखिन्छ । तर निर्णय सिन्धुमा हेमाद्रिले तिन प्रकारका निर्णय प्रस्तुत गरेको पाइन्छ । जसमध्ये अन्तिम शास्त्रीय मर्मानुसार भएको व्याख्या छ । पूर्णिमा लाई पूर्ण चन्द्रोदय भएका कारण र वृद्धितिथिलाई क्षय तिथि हुदाँ सान्दिर्भिक नभएकाले अघिल्ला २ निर्णय शास्त्रको मर्मानुसार नभएको मान्न सकिन्छ । तर अन्तिम निर्णयमा संका उत्पन्न हुँदैन  “अहः षोडशकं युत्तु शुक्ल प्रतिपदा सह । चन्द्रक्षयाविशेषेण सापि दर्शात्मिका स्मृता ।” आश्विन  शुक्ल प्रतिपदासमेतको योग गर्दा शुक्ल प्रतिपदा सहित १६ तिथि हुन्छन् अत यसैलाई सोह्र श्राद्ध भनिएको हो । शुक्ल प्रतिपदामा चन्द्रमाको क्षय हुने हुँदा अथवा चन्द्रमा नदेखिएको कारणले यसलाई अमावस्यासरह मान्नु पर्छ भन्ने व्याखया निर्णय सिन्धुमा छ ।  श्रीमतीको आवस्यकता-  महालय सोह्र श्राद्ध सपत्निक(पत्निलाई साथमा लिएर)गर्नु पर्छ । पत्नि रजस्वला भएमा चोखिए पछि र गर्भिणी भएमा सिधादान मात्र गरे पनि हुन्छ ।  दुई भाईले एउटै घरमा श्राद्ध गर्न नहुने  मानो पाथी गरी छुट्टिएका वा भान्सा फरक भएका फरक घर धुरी भएकाले छुट्टाछुट्टै तिथि गर्नु पर्छ । एउटै घरमा दुई भाइले छुट्टा छुट्टै गुरु पुरोहित बाट श्राद्ध गर्न नमिल्ने देखिन्छ । तर केही तर्कका धनिले यसमा संका गरेपनि नीति नियमहरु प्रमाणको अभावमा वा भावनात्मक रुपमा परिवर्तित हुँदैन ।  • टिका लगाउने कुरा  “ललाटे पुण्ड्रकं दृष्ट्वा स्कन्धे माला तथैव च । निराशा: पितरो यान्ति दृष्ट्वा च वृषलीपतिम् । ऊर्ध्वञ्च तिलकं कुर्याद्दैव पित्र्ये च कर्मणी ।।” श्राद्ध होस् अथवा देव कर्म त्रिपुण्ड अथवा गोलाकार टिका निशेष गरिएको छ । यस्ता कर्म गर्दा उर्ध्व अर्थात माथि गएको टिका लगाउनु पर्ने वृद्ध पराशरको मत रहेको छ । तथापि यस विषयमा स्व-इच्छा भन्ने मत पनि छ र यो अधिक शक्तिशाली रहेको छ । तर्क बलियो छ र यो शास्त्रीय तर्क हो । भ्रम केही अज्ञानी व्यक्तिले विवाह गरेको ६ महिना भित्र श्राद्ध गर्न नहुने बताएका छन् तर यसमा शास्त्रीय तर्क नभएको वृहस्पतिको मत रहेको छ ।  महालय नगर्दा : श्राद्धं न कुरुते मोहात् तस्य रक्तं पिवन्ति ते । श्राद्ध नगर्दा प्रेत गति प्राप्त गरि मरेका व्यक्तिले घोर कष्ट पाउन्छन् र व्याध्य भएर सन्तान (जिवित व्यक्ति)को क्षण क्षणमा खुन चुस्छन् घोर कष्ट दिन्छन् । जसका श्रापले आफु र आफ्ना छोरा छोरीले जिवन भरी घोर कष्ट भोग्न पर्छ । -ब्रह्म पुराण  जसले पितृहरुकोमहालय श्राद्ध प्रमादवस गर्दैन त्यसले निम्नलिखित मन्त्र दुइ महिना सम्म दिनमा १० पटक जप गर्नु पर्छ । मन्त्र प्रमाण : ऋ/१/१५३/ (वास्तवमा माथि उल्लेखित निर्णय सोधिएका प्रस्नका जवाव (QNA)हुन् ।निर्णय सिन्धुमा,श्राद्ध प्रकाश,धर्म सिन्धुमा उल्लेख छन् हचुवाका भरमा लेखिएका हैनन् प्रमाण सुरक्षित छन्) •वास्तविक निर्णय  सामाजिक सञ्जालका सबै तर्क मान्ने योग्य अथवा शास्त्रीय हुदैनन् । फेरी वेदका अनेक शाखा छन् र साखा अनुसारको निर्णय फरक-फरक पर्छ/मत मतान्तर पनि छन्/कतिपय अवस्थामा लोकाचार र कुलाचार

कुम्भ,पिपल,बिष्णु प्रतिमा र अर्क बिवाहमा शास्त्र:

-अर्क बिवाहका बिषयमा त प्रष्टनै छ । शास्त्रले भन्छ ।“मम प्रीतिकरा येयं मया स्पृष्य पुरातनी । अर्कजा ब्रह्मणा सृष्टाऽद्यास्मान् सम्प्रति रक्षतु ॥” “अर्ककन्यामिमां विप्र यथाशक्ति विभूषिताम् । गोत्राय शर्मणे तुभ्यं दत्तां विप्र समाश्रय ।।” हे ब्राह्मण! आफ्नो सामर्थ्यअनुसार सिँगारपटार गरिएकी यी अर्ककन्या फलाना गोत्रका फलाना नामका तपाईंलाई दान गरेको छु। यिनको संरक्षण गर्नुहोस् । यसरी कन्यादान दिने व्यक्तिले लिने व्यक्तिलाई वचा बद्ध गराउने गरिन्छ । लिनेले पनि यसरीनै बचन बद्ध भएर कर्म गर्नु पर्छ । नमस्ते मङ्गले देवि नमः सवितुरात्मजे । त्राहि मां कृपया देवि पत्नी त्वं म इहागता ।। अर्क त्वं ब्रह्मणा सृष्टः सर्वप्राणिहिताय च । वृक्षाणामधिभूतस्त्वं देवानां प्रीतिवर्द्धन ॥ तृतीयोद्वाहजं पापं मृत्युं चाशु विनाशय ।।” हे मङ्गलकारिणी देवी! तिमीलाई नमस्कार छ। हे सूर्यपुत्री! तिमीलाई नमस्कार गर्छु। कृपापूर्वक मेरो रक्षागर। तिमी यहाँ उपस्थित भएर मेरी पत्नी बन। मया कृतमिदं कर्म स्थावरेषु जरायुणा । अर्कापत्यानि नो देहि, तत् सर्वं क्षन्तुमर्हसि ।।” हे अर्क देवता ! मैले गर्भवाट जन्म लिने प्राणी भएर स्थावर (अचल) प्राणीसँग विवाहको जुन कर्म गर्दै त्यो सब क्षमा गरिदिनुहोस् र हामीलाई सन्तान प्राप्त गराइदिनुहोस् । भनि दोष शान्तिका लागी विवाह गरिन्छ । निर्णयसिन्धुले कुनै पनि पुरुषले ३ बिवाह गर्न नहुने गर्नै परेमा वा बहुविवाहादि दोष निवारण हेतु अर्क (आँक) सँग विवाह गर्ने विषयमा विस्तृत वर्णननै गरेको छ ।• तर पिपल,बिष्णु प्रतिमा र कुम्भ बिवाहलाई अन्योल देखिन्छ तर्क र वितर्क हुन्छन् ।• कुम्भ,पिपल,प्रतिमा विवाह ! के यो शास्त्रीय हो ?– उत्तर : हो यो शास्त्रीय हो ।प्रबलबैधव्ययोग/दोष परिहारका तीन प्रकार वा उपायका रुपमा शास्त्रमा – १.विष्णु प्रतिमा२. पिपल३. घडा (कुम्भ) विवाहको विधान स्पष्ट छ । मार्कण्डेय पुराणमा भनिएको छ ।बालबैधव्ययोगेपि कुम्भद्रुप्रतिमाभि: । संहिता सार,ज्ञानभाष्करको मतमा पनि यो नियम देखिन्छ । एकान्तमा अच्युत भगवान्को मूर्ति वा विष्णुको प्रतिमा वा पिपल वा घडा मध्ये कुनै एक संग शुभलग्नमा विवाह गरेर चिरञ्जीवी वर संग कन्यादान दिनु पर्छ ।-आचार्य प्रकाश पौडेल,ज्योतिष/वास्तुविद् •के यश बिषयमा अझ स्पष्ट लेख लेख्नु पर्ला

घरमा गरिने शिवलिंग पूजामा शास्त्रको बिधि(मर्म)

घरमा गरिने शिवलिंग पूजामा शास्त्रको बिधि(मर्म) प्रकाश पौडेल नमः शम्भवाय च मयोभवाय च नमःशङ्कराय च मयस्करायय च नमः शिवाय च शिवतराय च ।। य.वे.१६।४१..दिव्य आनन्द दिने,सांसारिक सुख प्रदान गर्ने रुद्रदेवतालाई हामि नमस्कार गर्दछौ । कल्याण गर्ने र सुख बढाउने देवतालाई हामि नमस्कार गर्दछौँ । सबै किसिमका मंगल गर्ने र आफ्ना भक्तहरुलाई पवित्रता पूर्वक गति प्रदान गर्ने रुद्रदेवतालाई हामी नमस्कार गर्दछौँ । कुनै पनि कामना राखि वा नराखी गरिने कुनै पनि प्रकारको साधना,पूजामा मन्त्र,विधि आसन लगायतका अन्य कुरामा शुद्धि अर्थात सतर्कता आवस्यक हुन्छ । नेपालमा अधिकांश शिवका साधक छन् । अधिकांश घरमा शिवलिङ्ग,शालग्राम नै पुजा गरिन्छ । शास्त्रमा यसरि गरिने पुजाका नियम हुन्छन् ति नियमै रहेर शास्त्रको मर्मानुसार कर्म गर्दा मात्र लाभ मिल्छ । शास्त्र अर्थात धर्मको संविधान,संविधान भन्नाले मुल कानुन….। के हो शिवलिंग?साधक अझ भनौं वा एक विशिष्ठ व्यक्तmी सधैं एउटा अपेक्षा राख्छ । आफुले नजानेका विषयमा बोल्न नपरोस् । तर वौद्धिकताको अभावमा भनौं वा शास्त्र ज्ञानको अभावमा लिङ्गको पुजा…हा हा हा भनेर हास्यास्पद अभिव्यक्ति दिन हतार गर्नेको पनि अभाव देख्दिन.वास्तवमा के हो शिव लिङ्ग?शुन्य,आकाश,अनन्त ब्रह्माण्ड र निराकार परमपुरुष भएकोले यसलाई लिङ्ग भनिएको हो । स्कन्ध पुराणमा आकाश स्वयं लिङ्ग हो भनिएको छ । शिव लिङ्गको अर्थ अनन्त हुछ लिङ्ग वा योनी हैन ।“ शब्दानाम् अनेकार्था” ःभनिएको छ एउटै शब्दको अनेक अर्थ लाग्छ । अझ भिन्न भाषामा भिन्ना भिन्नै अर्थ लाग्छ । त्यसैले शिव लिङ्ग शब्दको अर्थ चिन्ह वा आकार हो ‘शिवको आकार’ आवस्यकतासप्ताङ्गुलम् समारभ्य यावच्च द्वादसाङ्गुलम्’ अर्थात सात अङ्गुल देखि १२ अङ्गुल सम्मको प्रतिमा घरमा स्थापना गर्न मिल्छ भनि निर्णय सिन्धुमा भनिएको छ । सम्भव भए सम्म घरमा अत्याधिक ठुलो आकारको प्रतिमा स्थापना गर्नु नहुने शास्त्रमा स्पष्ट नै छ ।वाराह पुराणमा भनिएको छ घरमा दुई लिङ्ग,दुई सूर्यको प्रतिमाको पूजा गर्र्नु हुँदैन । दशावतारको एकै स्थानमा पुजा गर्न हुदैन । च्यातिएका फुटेका जलेका प्रतिमाको पनि पूजा निषेध छ । दिपक अर्थात दियो नबालि पनि पुजा गर्नु हुदैन विना दिपेन सफला कर्म स्तिर्ण जायते भनिएको छ अर्थात दियो नबालि गरिको कर्म व्यर्थ हुन्छ ।तिर्थ तत्वमा ब्रह्मपुराणको वचन छ शिव र सूर्यको पुजा गर्दा शंख बजाउनु हुदैन । ”सर्वत्रैव प्रशस्तोब्जः शिव सूर्याचनं विना ।त्यस्तै रुद्राक्षको विषयमा पनि शास्त्रमा नियम छन् देखाउनका लागि शास्त्रको नियमनै नबुझि रुद्राक्ष धारण गर्नु हुदैन । ”विना मन्त्रेण यो धत्ते रुद्राक्षं भुवि मानवः । स याति नरकान् घोरान् यावदिन्द्रा चतुर्दशः”अर्थातः जुन मनुष्यले वृथिवीमा विना मन्त्र रुद्राक्ष धारण गर्दछन् तिनीहरु जब सम्म चौध इन्द्रको शासन चल्छ तब सम्म नरक मा वस्नु पर्छ अतः मन्त्र पढेर मात्रै रुद्राक्ष लगाउनु पर्छ । भनि निर्णय सिन्धुमा उल्लेख छ । इति शुभम् ।। ताजा लेख/समाचार घरमा गरिने शिवलिंग पूजामा शास्त्रको बिधि(मर्म) घरमा गरिने शिवलिंग पूजामा… तिहार र तिहारका पाँच दिन तिहार र तिहारका पाँच दिन !… सोह्र श्राद्ध पितृ पक्ष सोह्र श्राद्ध पितृ पक्ष २०८१… के धर्म शास्त्र गफ हो ? कुन चराको नाम धर्म शास्त्र गफै हो । वा कुन… नेपाल ज्योतिष परिषद् कपिलवस्तुकाे साधारण सभा (निर्वाचन) ११ गते कपिलवस्तु । नेपाल ज्योतिष… २०८१ सालको स्वीकृत प्राप्त भित्तेपात्रो सार्वजनिक प्रकाश पौडेल सन्तोष ज्योतिष तथा वास्तु…

तिहार र तिहारका पाँच दिन

तिहार र तिहारका पाँच दिन ! सन्तोष बञ्जाडे यमपञ्चक भनेको तिहारकाे पाँच दिन हाे।सिधा अर्थमा यम भनेको नियम र नियम भनेको धर्म हाे तर यहाँ यम शब्दले यमराज भन्ने अर्थ बुज्नुपर्छ।यमपञ्चक अर्थात् तिहार हिन्दूकाे महान् पर्व हाे।कार्तिक कृष्णपक्षकाे तिहारकाे दिन कागकाे विधिवत् पुजा र काकबलि दिएपछि याे पर्व सुरु हुन्छ र कार्तिक शुक्लपक्षकाे भाइटीकाकाे दिनमा टीका लगाएपछि याे पर्व समाप्त हुन्छ।याे दशैकाे पन्ध्र दिनपछि आउँछ।याे भारत,नेपाल,म्यानमार,बर्मालगायतका देशमा भिन्न भिन्न तरिकाले मनाईन्छ।पाैराणिक कथाअनुसार भगवान् सूर्यपुत्र यमराज हुन्।यमराजकी बहिनी यमुना हुन्।आफ्नी बहिनी यमुनाकाे निमन्त्रणा स्वीकार गरेर बहिनी यमुनाकाे घरमा गएर हर्षाेल्लासपूर्वक मनाएकाे कुरा पुराणमा उल्लेख छ।बहिनी यमुनाकाे घरमा बस्दा बहिनिको आतिथ्यताबाट प्रसन्न भएर दाजु यमराजले वरदान माग भन्दा उनकी बहिनीले हरेक बर्ष आजका दिन हजुर मलाई भेट्न आउनुपर्छ भन्ने वरदान माग्छिन्।यतिमात्र नभएर दाजुभाइ र दिदिबहिनीकाे सम्बन्ध सधैं अमर रहाेस् भन्ने पनि वरदान माग्छिन्।दाजुभाइ र दिदीबहिनीकाे सम्बन्ध कहिल्यै नबिग्रियाेस् भन्ने पनि वरदान माग्छिन् ।दाजु यमराजले तथास्तु भनी वरदान दिन्छन्। भातृपूजा गर्ने गराउने दुवैको सदा कीर्ति बढ्ने,उन्नति प्रगति हुने वरदान दिएर घर फर्किन्छन्।कार्तिक शुक्लपक्षकाे द्वितीयालाई यमद्वितीया पनि भनिन्छ।यसैदिन दाजु यमराज बहिनी यमुनाका घरमा टीका लगाउन पुगेका थिए।यसदिनमा टिका लगाउनाले यमराजकाे भय हुँदैनन् भन्ने शास्त्रीय मान्यता छ। यमपञ्चककाे सङ्क्षिप्त जानकारी- कागतिहर:-कागलाईचलाख,सर्वभक्षी,समानदृष्टि,सन्देशवाहक,यमदूत,यमराजकाे प्रियभक्तका रुपमा लिईन्छ।याे तिहार कार्तिक कृष्णत्रयाेदशीका दिन पर्छ।कागले किसानका खेतीबालीमा लागेका किराफट्याङ्ग्रा खाने हुनाले कागपुजनकाे वैज्ञानिक महत्त्व पनि छ।यमराजसामु सुसमाचार पठाओस् भनेर कागकाे पूजा गरिन्छ।यसदिन कागकाे पूजा गर्नाले कागले बर्षैभरि शुभसमाचार आदानप्रदान गर्छ भन्नू हाे।यसदिन यमदिप पनि दान गरिन्छ। कुकुर तिहार:-/नरके चतुर्दशीयाे कार्तिक कृष्णचतुर्दशीकाे दिनमा पर्छ।कुकुरलाई यमदूत,आज्ञापालक,कर्तव्यनिष्ठ,बफादार,अनुसन्धाता मानिन्छ।कुकुर भैरवको बाहन पनि हाे।आजकाे दिनमा कुकुरलाई टीका माला लगाई प्रसाद र मीठो मीठो खानेकुरा खान दिइन्छ।मानवसभ्यता प्रारम्भसँगै मानव र कुकुर काे सम्बन्ध प्रगाढ रुपमा रहेको छ।उषाकालमा नदी वा तलाउमा गएर दक्षिण फर्किएर यमदीप बाल्नाले नरक दर्शन गर्नुनपर्ने मान्यता छ र यसरी बालेको दीप नदीमा सेलाउने कार्यलाई नरके बगाउने भनिन्छ। लक्ष्मीपूजा/सुखरात्रि/गाईपूजाकार्तिक कृष्ण अमावस्याका दिन याे पर्व मनाइन्छ।यस दिन लक्ष्मीकाे पूजा गरि दीप बाल्ने गरिन्छ।यश दिनलाई सुखरात्रि पनि भनिन्छ।लक्ष्मीपूजापश्चात् देउसी भैलाे खेल्न सुरुवात गरिन्छ।यसदिन गरगहना पनि पूजा गर्ने चलन छ।बत्ती बालेर लक्ष्मीपूजा गरिन्छ।यसदिनकाे साँझ गाईपूजा पनि गरिन्छ।जनैपूर्णिमाकाे दिन हातमा बाँधेको रक्षाबन्धन फुकाएर माला बनाएर लगाईदिनाले सजिलै वैतरणी तरिन्छ भन्ने विश्वास छ।देवकार्य या पितृकार्य जुनसुकै कार्यमा पनि सनातनधर्ममा गाईकाे गाेबरले लिपेर शुद्ध गरेर मात्र पुजा गर्ने विधि रहेको छ। गाइलाइ सनातन धर्ममा गाैमाता भनिन्छ।यसदिन लक्ष्मीकाे प्रतीक मानेर कन्यापूजा पनि गर्ने चलन छ।चामलको पीठाेबाट लक्ष्मीकाे पाउकाे प्रतीमा बनाएर बत्ती पनि बाल्ने गरिन्छ। गाेवर्धन पूजा/गाेरुतिहार/म्हपूजापाैराणिक कथाअनुसार भगवान् कृष्ण गाेकुलमा गाेपालसँग बस्नुहुन्थ्याे।उनीहरू भगवान् इन्द्रकाे पूजा गर्थे।एकपटक भगवान् श्रीकृष्णले ईन्द्रकाे पूजा गरेर केही पाईदैँन बरु पानी,हावा,खनिज दिने गाेवर्धनकाे पूजा गराेैँ भन्ने प्रस्ताव राखेपछि सबैले स्वीकार गर्छन् तदनुसार गाेवर्धन पर्वतको पूजा हुन्छ ।याे कुरा ईन्द्रलाई था भैसकेपछि भगवान् ईन्द्र रिसाएर असिना,आँधिबेहरी गराउँछन्।यती भैसकेपछि गाेकुवासीहरु डरले डरल त्राहि माम् हुन्छन् त्यस विपद्काे समयमा भगवान् श्रीकृष्णले गाेवर्धन पर्वत उचालेर गाेकुलवासीकाे रक्षा गर्नुहुन्छ।यति भैसकेपछि ईन्द्रले भगवान् श्रीकृष्णसँग क्षमायाचना गर्छन्।त्यससमयदेखि नै गाेवर्धन पर्वतकाे पूजा सुरुवात भएको पुराणमा उल्लेख छ।यसदिन हलाेलगायत सबै कृषि उपकरणको पूजा गरिन्छ।नेवार समुदायले यसैदिन आत्मपूजा गर्ने गर्छन्।यसदिन नेवारहरुले मण्डप बनाई पूजा गरेर साे प्रसाद आफूले खाने गर्छन।याे यमपञ्चककाे चाैँथाे दिन हाे।यसैदिन राष्ट्रिय विभूति शङ्धर शाख्वाले सबै देशबासीकाे ऋणमाेचन गरेर नेपाल सम्वत् सुरुवात गरेका थिए।यसदिन श्रद्धाभक्तिपूर्वक गाेरुलाई पूजा गरेर मीठो मीठाे खानेकुरा खान दिइन्छ। तिहार/भाइटीका:-कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका पर्छ।दिदीबहिनीले दाजुभाइकाे पूजा गर्ने,सम्मान गर्ने,मीठामीठा खानेकुरा खानदिने चलन छ।यसदिन दियाे,कलश,गणेश पूजा गर्ने ,यमराजकाे स्थापना र आवाहन गरेर पूजा गर्ने गरिन्छ।यसदिनमा दाजुभाइले दिदिबहिनी र दिदिबहिनीले दाजुभाईलाई सुख,समृद्धि,कामना गर्दै टीका लगाइदिने गर्छन्।दिदिबहिनीले दाजुभाइलाई गच्छेअनुसार उपहार र दाजुभाइले पनि दिदिबहिनीलाई गच्छेअनुसार दानक्षिणा दिने गर्छन्।तेलकाे धारा छेकेर दाजुभाइकाे पूजा गरिन्छ।यसदिन दिदिबहिनी नहुनेले काठमाडौं रानीपाेखरी पुगेर टीका लगाउने गर्छन्।यसदीन पन्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गरिन्छ।शास्त्रअनुसार राताे,सेताे,पहेँलो,हरियो,नीलाे गरी पाँचवटा रङ्गको उल्लेख गरिएको छ ।याे यमपञ्चककाे महत्त्वपूर्ण दिन हाे। ताजा लेख/समाचार तिहार र तिहारका पाँच दिन तिहार र तिहारका पाँच दिन !… सोह्र श्राद्ध पितृ पक्ष सोह्र श्राद्ध पितृ पक्ष २०८१… के धर्म शास्त्र गफ हो ? कुन चराको नाम धर्म शास्त्र गफै हो । वा कुन… नेपाल ज्योतिष परिषद् कपिलवस्तुकाे साधारण सभा (निर्वाचन) ११ गते कपिलवस्तु । नेपाल ज्योतिष… २०८१ सालको स्वीकृत प्राप्त भित्तेपात्रो सार्वजनिक प्रकाश पौडेल सन्तोष ज्योतिष तथा वास्तु… रङ्गै रङ्गको पर्व होलिको मौलिकता र महत्व रंग र उमंगको उत्सव होली…

सोह्र श्राद्ध पितृ पक्ष

सोह्र श्राद्ध पितृ पक्ष ! प्रकाश पौडेल सेयर गर्नु होस् ! सेयर गर्नु होस् !  सोह्र श्राद्ध पितृ पक्ष कुन तिथिको श्राद्ध कति गते गर्ने?  सके सम्म सबै तिथिमा ( १५ दिन) पिण्डदान दिनु नसकेमा बुवाको मृत्यु तिथिमा गर्नु पर्छ । त्यसमा पनि विशेष कारणले नसकेमा त्यही पक्षको औंशीमा गर्नु पर्छ । त्यसरी पनि गर्न नसके सामान्य न्याय अनुसार गाई तिहारे औंशीमा गर्नु पर्छ । भन्ने शास्त्रीय मत देखिन्छ ।  विशेष अज्ञानवस, तिथि थाहा नभए र अथवा अन्य कारणले श्राद्ध गर्न छुटेमा एकादश्यांतु  कर्तव्यं  कृष्णपक्षे विशेषतः भन्ने वचनका आधारमा एकादशी मै गर्नु पर्ने शास्त्रका मत देखिन्छन् तर पनि वशिष्‍ठले यस मतमा असन्तुष्टि राख्दै भनेका छन् पुत्रको चाहना राख्नेले एकादशीमा श्राद्धकर्म गर्न हुँदैन  र यसलाई निराधार मान्न सकिदैन अर्थात एकादशीमा श्राद्ध गर्नु हुन्न र यो नियम रोकिएका श्राद्धका विषयमा हो । केही शास्त्र प्रमाणले औंशीका दिन श्राद्ध गर्नु सर्वोत्तम भनेका छन् तर लोक व्यवहारमा मध्यम तिथि अष्टमीमा गर्ने प्रचलन अधिक देखिन्छ यहाँ मध्ये तिथि भन्ने शब्दलाई मध्यम बनाएर तर्क गरेको पनि सुने तर…। शास्त्रकै दृष्टिमा पनि अष्टमीमा गर्न मिल्छ भन्ने मत छ । मृत्यु भएकै तिथिमा श्राद्ध गर्नु पर्छ भएन भने चाँहि शास्त्रले निषेध गरेका दिन बाहेक अन्य दिन द्वादशी औंशी र अष्टमीमा श्राद्ध गर्नु पर्ने कुरा धर्म सिन्धुमा स्पष्ट छ ।  पूर्णिमाको श्राद्ध ?  तर पूर्णिमाको श्राद्ध सोह्र श्राद्ध सुरु नहुँदै अघिल्लो दिन पूर्णिमा तिथिमा गर्ने गरेको देखियो तर यो निराधार र अशास्त्रीय भएको मानिन्छ अघिल्लो दिन सोह्रश्राद्ध सुरु नहुँदै कसरी सोह्र श्राद्ध गर्न मिल्छ र ?  पूर्णिमाको श्राद्धमा शास्त्र-  यस विषयमा पूर्णिमा शब्द प्रयोग गरि शास्त्रले केही बोलेको खासै भेटिँदैन बरु मौनता अधिक देखिन्छ । निर्णय सिन्धु श्राद्ध प्रकाश पनि मौनतामै रमणको आभास अधिक गराँन्छन् । तर धर्म सिन्धु  भने आफूमा यस प्रश्नको उत्तर समाहित गरेको देखिन्छ । धर्म सिन्धु : चतुर्दशी र पूर्णिमाका दिन मृत्यु तिथि परेमा सोह्र श्राद्धमा द्वादशी,औंशी र अष्टमीमा ( मध्ये कुनै एक दिन ) श्राद्ध गर्नु पर्ने कुरा धर्म सिन्धुमा स्पष्ट छ । औंशीमा सबै शास्त्रले श्राद्धका लागि विशेष मानेका हुँदा औंशीमै गर्नु अझ शास्त्रको मर्म बुझिने तर्क बलियो लाग्छ । तथापि द्वादशी औंशी र अष्टमीमा ( मध्ये कुनै एक दिन ) श्राद्ध गर्नु शास्त्र सम्मत नै रहने छ ।  चतुर्दशीमा श्राद्ध निषेध-  चतुर्दशीमा मृत्यु तिथि हुनेले चतुर्दशीमै सोह्र श्राद्ध गर्न मिल्दैन यहाँ पनि माथिकै नियम लागू हुन्छ चतुर्दशीमा केवल शस्त्रले मारिएकाको मात्र तिथि गर्नु पर्छ । तर यसमा असहज देखिन्छ चतुर्दशी मृत्यु तिथि हुनेहरूका लागी चतुर्दशीमै गर्न चाहने र तर्क गर्ने अधिक भए पनि नीति नियममा प्रमाणको आवश्यकता पर्छ र प्रमाणले चतुर्दशीमा गर्न मिल्दैन बरु १५ दिन सधैँ गर्न भने मिल्ने देखिन्छ । तर- कुनै पनि वास्तविक तिथि लोप गर्नु नहुने भएकोले चतुर्दशीमा श्राद्ध गर्दा नीति नियम र शास्त्रको सार हनन नहुने पनि शास्त्रीय आधार छ अतः चतुर्दशीमा श्राद्ध गर्न मिल्छ भन्दा फरक नपर्ने कुरा विज्ञजन ले बताउनु भएको छ । एकादशीमा श्राद्ध निषेध अशास्त्रीय-  एकादशी आदिका दिन श्राद्ध परेमा श्राद्ध गर्नु पर्छ । कतिले एकादशीमा अन्न निषेध भएकोले हामी श्राद्ध गर्दैनौ भन्ने तर्क गरेको भेटिन्छ जुन अशास्त्रीय छ । वास्तवमा श्राद्ध लोप गर्नु नै हुँदैन । कसरी गर्ने एकादशी श्राद्ध-  श्राद्धशेषान्न सबै अन्न एउटा टपरी वा थालीमा पस्किएर त्यो सबै अन्न कर्ताले सुँघेर त्यो समग्र टपरीको अन्न नै गाईलाई खुवाउनु पर्दछ । व्रत लिएको कर्ताले कन्दमुल,फलफूल आदि अनुकल्पको रुपमा उपवासमा भक्षणीय पदार्थ पितृब्राह्मणलाई अर्पण गरी शेष पितृप्रसादको रुपमा ग्रहण गर्नु पर्छ । अशक्ततामा आमान्न श्राद्ध वा सुवर्ण श्राद्ध गर्नु पर्दछ । एकादशी अनियमिततम भए श्राद्धीय भोजननै ग्रहण गर्नु पर्दछ । १५ दिनको तिथि सोह्र श्राद्ध कसरी भयो ?  सोह्रश्राद्धमा १५ तिथि हुनु र त्यसलाई सोह्र श्राद्ध भनिनु आफैमा प्रश्न वाचक चिन्ह प्रस्तुत गरेको तर्क लोक व्यवाहारमा छ र यसमा लौकिक मतान्तर पनि स्पष्ट देखिन्छ । तर निर्णय सिन्धुमा हेमाद्रिले तिन प्रकारका निर्णय प्रस्तुत गरेको पाइन्छ । जसमध्ये अन्तिम शास्त्रीय मर्मानुसार भएको व्याख्या छ । पूर्णिमा लाई पूर्ण चन्द्रोदय भएका कारण र वृद्धितिथिलाई क्षय तिथि हुदाँ सान्दिर्भिक नभएकाले अघिल्ला २ निर्णय शास्त्रको मर्मानुसार नभएको मान्न सकिन्छ । तर अन्तिम निर्णयमा संका उत्पन्न हुँदैन  “अहः षोडशकं युत्तु शुक्ल प्रतिपदा सह । चन्द्रक्षयाविशेषेण सापि दर्शात्मिका स्मृता ।” आश्विन  शुक्ल प्रतिपदासमेतको योग गर्दा शुक्ल प्रतिपदा सहित १६ तिथि हुन्छन् अत यसैलाई सोह्र श्राद्ध भनिएको हो । शुक्ल प्रतिपदामा चन्द्रमाको क्षय हुने हुँदा अथवा चन्द्रमा नदेखिएको कारणले यसलाई अमावस्यासरह मान्नु पर्छ भन्ने व्याखया निर्णय सिन्धुमा छ ।  श्रीमतीको आवस्यकता-  महालय सोह्र श्राद्ध सपत्निक(पत्निलाई साथमा लिएर)गर्नु पर्छ । पत्नि रजस्वला भएमा चोखिए पछि र गर्भिणी भएमा सिधादान मात्र गरे पनि हुन्छ । अकाल मृत्यु कसैको शस्त्रादी,दुर्घटनादिबाट अकाल मृत्यु भएमा चतुर्दशीका दिन श्राद्ध गर्नु पर्छ ।  दुई भाईले एउटै घरमा श्राद्ध गर्न नहुने  मानो पाथी गरी छुट्टिएका वा भान्सा फरक भएका फरक घर धुरी भएकाले छुट्टाछुट्टै तिथि गर्नु पर्छ । एउटै घरमा दुई भाइले छुट्टा छुट्टै गुरु पुरोहित बाट श्राद्ध गर्न नमिल्ने देखिन्छ । तर केही तर्कका धनिले यसमा संका गरेपनि नीति नियमहरु प्रमाणको अभावमा वा भावनात्मक रुपमा परिवर्तित हुँदैन ।  • टिका लगाउने कुरा  “ललाटे पुण्ड्रकं दृष्ट्वा स्कन्धे माला तथैव च । निराशा: पितरो यान्ति दृष्ट्वा च वृषलीपतिम् । ऊर्ध्वञ्च तिलकं कुर्याद्दैव पित्र्ये च कर्मणी ।।” श्राद्ध होस् अथवा देव कर्म त्रिपुण्ड अथवा गोलाकार टिका निशेष गरिएको छ । यस्ता कर्म गर्दा उर्ध्व अर्थात माथि गएको टिका लगाउनु पर्ने वृद्ध पराशरको मत रहेको छ । तथापि यस विषयमा स्व-इच्छा भन्ने मत पनि छ र यो अधिक शक्तिशाली रहेको छ । तर्क बलियो छ र यो शास्त्रीय तर्क हो । भ्रम केही अज्ञानी व्यक्तिले विवाह गरेको ६ महिना भित्र श्राद्ध गर्न नहुने बताएका छन् तर यसमा शास्त्रीय तर्क नभएको वृहस्पतिको मत रहेको छ ।  महालय नगर्दा : श्राद्धं न कुरुते मोहात् तस्य रक्तं पिवन्ति ते । श्राद्ध नगर्दा प्रेत गति प्राप्त गरि मरेका व्यक्तिले घोर कष्ट पाउन्छन् र व्याध्य भएर सन्तान (जिवित व्यक्ति)को क्षण क्षणमा खुन चुस्छन् घोर कष्ट दिन्छन् । जसका श्रापले आफु र आफ्ना छोरा छोरीले जिवन भरी घोर कष्ट भोग्न पर्छ । -ब्रह्म पुराण  जसले पितृहरुकोमहालय श्राद्ध प्रमादवस गर्दैन त्यसले निम्नलिखित मन्त्र दुइ महिना सम्म दिनमा १० पटक जप गर्नु पर्छ । मन्त्र प्रमाण : ऋ/१/१५३/ (वास्तवमा माथि उल्लेखित निर्णय सोधिएका प्रस्नका जवाव (QNA)हुन् ।निर्णय सिन्धुमा,श्राद्ध प्रकाश,धर्म सिन्धुमा उल्लेख छन् हचुवाका भरमा लेखिएका हैनन् प्रमाण सुरक्षित छन्) •वास्तविक निर्णय  सामाजिक सञ्जालका सबै तर्क मान्ने योग्य अथवा शास्त्रीय हुदैनन् । फेरी वेदका अनेक शाखा छन् र साखा अनुसारको निर्णय फरक-फरक पर्छ/मत मतान्तर पनि छन्/कतिपय अवस्थामा लोकाचार र कुलाचार पनि बाधक नबन्ला भन्न सकिदैन अत: यसमा

के धर्म शास्त्र गफ हो ? कुन चराको नाम

धर्म शास्त्र गफै हो । वा कुन चराको नाम हो धर्मशास्त्र । हामि मान्दैनौं वा जिवन उपयोगी छैनन् भनेर कुतर्क गर्ने हरुको कमि छैन । अझै भनौं केहि महिना वा दिन शास्त्रको लिपिलाई नियालेर अध्ययनै नगरी धर्म संकृतिको संविधान हाम्रा ग्रन्थ माथी कुतर्क गर्नु वा असंवैधानीक(अशास्त्रीय)तर्क गर्नु सामान्यनै भयो । यस्तै कुतर्कको जबाब दिदाँ हामि बालक देखिनु वा जिवन देखेका छौं ? भनेर तर्क आउनु सामान्य लाग्छ । तर यश विषयमा टिकाकार प्रा.डा. वेणीमाधव गुरु निर्णय सिन्धुमा विशेष कुरा उल्लेख गर्नु हुन्छ । धर्मशास्त्र भनेको गफ होइन धर्मशास्त्र वा स्मृतिग्रन्थहरू भनेको गफ होइन । त्यसबेलाको संविधान हो। यो त्यस युगको कानुन हो । यो त्यसबेलाको राष्ट्र र समाजलाई सञ्चालन गर्ने सशक्त कानुन व्यवस्था हो । जसले राष्ट्रिय प्रजालाई नियमबद्ध रीतिले चलाएर आचार-विचार-धर्म-संस्कृतिको संरक्षण र संवर्धन गर्थे । त्यसभित्र मनु, भृगु, याज्ञवल्क्य, नारद आदि ६५ स्मृतिमध्ये ४० स्मृति प्रकाशित छन् र प्रचलित पनि छन् । आवश्यक बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि नयाँ कानुन संविधान बनाउँदा पुरानै आधारशिला हुन्छ । यहाँ वर्तमान युगका नेपाल, भारतमात्र होइन अपितु विश्वभरिका कानुन-नियम विधानहरू स्मृति, धर्मशास्त्रका वाक्यहरूबाट अलग छैनन् । भलै भाषा, शैली, भङ्गी आदि अलग हुनसक्छन् । तर पूर्वाधारहरूलाई छोडेर निराधार कानुन नियम संविधान बन्न सक्दैन, बनेको पनि छैन। यस बारेमा पाश्चात्य संस्कृतज्ञहरूले गरेका अध्ययन अनुसन्धेय र अनुकरणीय हुनसक्छन् । यस कुरालाई सर्वथा असत्य मान्न सकिँदैन । ग्रन्थ आफैमा सम्विधान हो । सर्वतन्त्र स्वतन्त्र कमलाकरभट्ट-पारिकर्मिक निर्णयसिन्धु केवल ‘धर्म’को होइन अपितु समस्त राष्ट्रका सामाजिक, धार्मिक, सांस्कृतिक, संवैधानिकपक्षको नियम थियो । जसका आधारमा राष्ट्र चल्थ्यो । यसमा के प्रमाण छ त ? प्रश्न हुनसक्छ । त्यसको सहज उत्तर यही हो कि त्यसबेला स्मृति धर्मशास्त्रबाहेक राष्ट्र सञ्चालन गर्ने अर्को कुनै कानुन-विधान देखापरेको छैन । यसैको यही अर्थ हो कि तात्कालिक राष्ट्रसञ्चालनका कानुन यिनै स्मृति र धर्मशास्त्र थिए । अत एव यिनको विकल्पमा अर्को कानुन देखिएन । त्यसैले निर्णयसिन्धु त्यसबेलाको कानुन संविधान हो भन्दा आश्चर्य मान्नुपर्दैन, शुक्रनीति, विदुरनीति आदि समस्त नीतिहरू स्मृतिधर्मशास्त्रअन्तर्गत अन्तर्भूत छन् । ग्रन्थको मङ्गलाचरणमा नै वेदार्थधर्मरक्षायै भनी प्रयोग गरिएको शब्दराशिले बुझिन्छ कि वैदिक सनातन धर्मरक्षाका लागि निर्णयसिन्धुनामक धर्मशास्त्रग्रन्थको रचना गरिएको रहेछ । मीमांसातर्कसाम्राज्यधुरन्धर कुमारिल भट्टपाद मीमांसाको प्रयोजन बताउँदै भन्दछन्- ‘धर्माख्यं विषयं वक्तुं मीमांसायाः प्रयोजनम्’ अर्थात् धर्म र धर्मशास्त्रको विषयमा व्याख्या गर्नु नै मीमांसाशास्त्रको प्रमुख प्रयोजन हो भन्नु हुन्छ । शास्त्र के वस्तु हो ? कुन चरोको नाम हो ? भनेर कुतर्क गर्नेहरूलाई श्लोकवार्तिक ग्रन्थमा स्पष्ट भन्दछन् – प्रवृत्तिर्वा निवृत्तिर्वा नित्येन कृतकेन वा । पुंसां येनोपदिश्येत तच्छास्त्रं परिकीर्तितम् ।। – श्लोकवार्तिक । इष्टवस्तुमा प्रवृत्ति र अनिष्टबाट निवृत्ति हुनु स्वभावसिद्ध कुरा हो । त्यसैलाई अर्को शब्दाबलीमा ‘इष्टस्य प्राप्तिः’ अर्थात् इष्टवस्तुलाई प्राप्त गर्ने सबैको इच्छा हुन्छ भने ‘अनिष्टस्य निवृत्तिः‘ अनिष्टवस्तुबाट निवृत्त हुनु स्वभावसिद्ध कुरा हो । नित्य वेदराशिले बताएको कृतक अर्थात् कार्यरूप यी सबै जीवनसम्बन्धित क्रियाकलापलाई जुन पुरुषको लागि बताएको हुन्छ त्यही शास्त्र हो । त्यसैले ‘हितशासनाच्छास्त्रम्’ भनेको हो, जसले हित गर्छ त्यसैको नाम शास्त्र हो । गीतामा पनि भनिएको छ- तस्माच्छास्त्रं प्रमाणन्ते कार्याकार्यव्यवस्थितौ हे अर्जुन। सुन, यो गर्ने र यो न गर्ने आदि व्यवस्थाहरूमा शास्त्र नै प्रमाण हुन्छ । यसका लागि देश, काल, पात्र, परिस्थिति यी चारवटालाई ध्यानमा राख्नु पर्ने हुन्छ। यस विषयमा कमलाकरभट्ट प्रसुप्त छैनन् अपितु सजग जागरित अवस्थाका देखिन्छन् ।

नेपाल ज्योतिष परिषद् कपिलवस्तुकाे साधारण सभा (निर्वाचन) ११ गते

कपिलवस्तु । नेपाल ज्योतिष परिषद् कपिलवस्तुले चौथौँ साधारण सभाका लागि एक सुचना जारि गरेको हो । सचिव पौडेलले भन्नु भयो नेपाल ज्योतिष परिषद स्थापना काल(२०५५) देखिनै वैदिक सनातन धर्म ज्योतिष वास्तु आदि धार्मिक क्रियामा सदैव अग्रसरनै रह्यो । यसै अग्रसरतालाई निरन्तरता दिन नेपाल ज्योतिष परिषद् कपिलवस्तुले चौथौँ साधारण सभाको आयोजना गरेको हो । ज्यो० श्री दामोदर पोख्रेलको अध्यक्षतामा रहेको परिषद्को यहि चैत्र ०९ गते कार्यकाल पुरा भएको थियो जसमा नेपाल ज्योतिष परिषद्ले विधानत नयाँ समितिको निर्वाचन गराउने छ ।प्रमुख निर्वाचन अधिकृत भूपेन्द्र राज घिमिरे एवं निर्वाचन सचिव ढुण्डिराज ज्ञवाली ज्यूले निर्वाचन सम्पन्न गराउनु हुने छ । निर्वाचन उद्योग वाणिज्य संघ कपिलवस्तुको सभाहलमा मिति २०८१ ज्येष्ठ ११ गते विहान ११ः०० बजे बाट प्रारम्भ हुने छ ।

२०८१ सालको स्वीकृत प्राप्त भित्तेपात्रो सार्वजनिक प्रकाश पौडेल

सन्तोष ज्योतिष तथा वास्तु परामर्श केन्द्रले २०८१ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिए संगै आज एक कार्यक्रमका विच नयाँ पात्रो विमोचन गरिएको हो । पात्रो लाई सरल र सहज बनाउन तिथि,नक्षत्र संगै तिथि र नक्षत्रको बजे सम्म उल्लेख गरिएको छ । साथै चार्डपर्व दिवस र सार्वजनिक विदा समेत उल्लेख गरिएको संस्थाका आचार्य प्रकाश पौडेलले जानकारी दिनु भयो । हाल संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो प्रकाशन गर्नु पूर्व स्वीकृति लिन पर्ने उल्लेख गरि सुचना जारि गरेको छ ।

रङ्गै रङ्गको पर्व होलिको मौलिकता र महत्व

रंग र उमंगको उत्सव होली, शरिरमा रंग मनमा नयाँ उमंग र हर्षको पर्व हो होली अर्थात फाल्गुन पुर्णिमा । नेपाल विभिन्न धर्म,संस्कृति,चालचलनले भरिपूर्ण देश हो। यहाँ हरेक जातजातिका आफ्नाआफ्ना चालचलन पर्वहरु छन्।अनेक प्रकारका जातजाति भएरपनि सहिष्णु भाव कायम गर्नु र एकअर्काकाे चालचलनप्रति सहभाव राख्नु नेपालीको विशेषता हो। हिन्दूका चाडपर्व सारैमास र चान्द्रमासलाइ आधार मानेर मनाउने गरिन्छ।मकरसङ्क्रान्ति सौरमासमाआधारित पर्व हो ।होलि अर्थात् फागुपूर्णिमा चान्द्रमासमा आधार मानेर मनाईन्छ। होलिमा विभिन्न रङ् लगाउनुको अभिप्राय असत्यमाथि सत्यको विजय पछिको खुसियालीमा मनाइएको उत्सव भन्ने अर्थमा छ। होलिको पौराणिक महत्त्व हिरण्यकशिपकी बहिनी होलिकासँग जोडिएको छ। त्रेता युगका श्रीकृष्णका भक्त प्रह्लादको बारेमा त हामी सबैलाई थाहा छ।उनी सत्यवान् ,निष्ठावान् ,श्रद्धावान् थिए। उनी भगवान् श्रीविष्णुका परमभक्त थिए । होलिकाले भक्त प्रह्लादलाई आफ्नो काखमा राखेर जलाउन खोज्दा भक्त प्रह्लाद धर्मनिष्ठ र भगवानको परमभक्त भएकाले उनलाई केहीपनि भएन साथै होलिकाले आफूमा भएको अग्नि सिद्धिको गलत प्रयोग गरेकाले अग्निले जलायो। अन्तमा होलिका स्वयम् अग्निमा दहन हुनुपरेको कथा प्रशस्तिमा रहेको पाईन्छ। त्यसैदिनदेखि होलि मनाउन सुरु गरिएको हो। होलि नेपाल र भारतमा मात्रै नभएर सनातन धर्मावलम्बी सबैले मनाउने गर्छन्।यो पर्व फागुनको शुक्लपूर्णिमामा पर्छ। होलिको अघिल्लो दिन होलिका दहन गर्ने प्रचलन रहेको छ।यश पर्वमा बालबालिका,युवायुवती, वृद्धवृद्धा सबैले रङको माध्यमबाट खुसी साटासाट गर्ने गर्छन्। वर्तमान समयमा भने पहाडमा र तराईमा छुट्टाछुट्टै होलि मनाउने गरेको पाईन्छ। कसैकसैले होलिलाई आयातीत पर्व भन्ने गरेको पाईएता पनि पुराणमा यसको उल्लेख प्रष्ट रुपले भएको छ। कतै कतै बालकरुपधारी श्रीकृष्णलाई पुतनाले होलिका दिनमा स्तनपान गराउन आएकी र भगवान् श्रीकृष्णले होलिका दिनमा पुतनाको वध गरेको खुसीयालीमा पनि होलि मनाउने गरेको कुरा उल्लेख गरेको पाईन्छ। अन्त्यमा वर्तमान समाजमा रहेका पुतना र होलिका प्रवृत्तिको अन्त्य अर्थात् काम,क्रोध, लोभ मोहको अन्त्य देशमा पुतना र होलिका जस्ता प्रवृत्ति भएका व्यक्तिको पराजय र कृष्ण र प्रह्लाद जस्ता निष्ठावान्, सत्यवादीको जित होस् भन्ने अर्थमा देशमा रहेका बेथिति र स्वेच्छाचारी व्यक्ति र प्रवृत्तिको अन्त्य देशमा सुख, शान्ति, समृद्धि सत्यको जित र असत्यको पराजय भएको अर्थमा त्रेतायुगबाट प्रचलनमा आएको होलि पर्व अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ। होलिमा विभिन्न रङ्हरु प्रयोग गरिन्छ । ती रङको आफ्नै महत्त्व र विशेषता छ यो ब्रह्माण्डमा सबै वस्तुको आफ्नो आफ्नो विशेषताले गर्दा नै अरुभन्दा भिन्न भएका हुन्। होलिमा लगाउने रङको वैज्ञानिक र मनोवैज्ञानिक महत्त्व रहेको पाईन्छ। मानव मनमा उत्पन्न हुने विभिन्न संवेग र भावनामा रङ्ले पनि महत्त्वपूर्ण भूमिका निर्वा गरेको हुन्छ। यसमध्ये रातो रङ्ले मनलाई र शरीरलाई प्रसन्न पार्छ। रातो रङ् विजयको पनि प्रतीक मानिन्छ। हिन्दूधर्ममा रातो रङ्लाई विजय,पराक्रम,धन,ऐश्वर्य, उमङ्गको प्रतिनिधित्व रातो रङ्ले गर्छ। त्यस्तै पहेंलो रङ्ले सुख,शान्ति,विद्या, योग्यता,शालीनता यस रङ्ले व्यक्त गर्दछ। नीलो रङ्ले बल,पुरुषार्थ,वीरता,शक्तिको प्रतिनिधित्व यसले गर्छ। हरियो रङ् यो सारा विश्वब्रह्मण्डमा व्याप्त छ यसले सौम्यताको प्रतिनिधित्व गर्छ। सेतो रङ्ले विद्याको प्रतिनिधित्व गर्दछ। विद्याकि देवी सरस्वतीले पनि सेतो रङ् धारण गर्नुहुन्छ। सेतो रङ्लाई सबै रङको सम्मिलित रङ् मानिन्छ । श्वेत रङ् धारण गर्नाले मानिसले शीघ्ररुपमा विद्यार्जन गर्न सक्दछ। -सन्तोष बञ्जाडे

आजबाट सोह्र श्राद्ध प्रारम्भ (सुरु)

असार मासको पूर्णिमा देखि पाँचौ पक्ष अर्थात् आश्विन कृष्ण पक्षसम्म प्रत्येक दिन कष्टपुर्वक अन्न र जलको आकांक्षा गर्दछन् । आश्विनमासको पक्षको मध्य अथवा अन्तिम भाग पनि श्राद्धका लागि शुभ हुन्छ । चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। कसैकसैले सोह्र दिनको गणना गर्दा आश्व्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ । आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन्। एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठन सक्छ। खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूणिर्माको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो। कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ।पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन्। केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ। यी प्रमुख तिथिहरू यस प्रकार छन्-

error: Content is protected !!