nepalastrovisio.com

Astrology

ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च ।
ग्रहैव्याप्तमिदं शर्वं त्रैलोक्यं सचराचरम् ।।

तिनै लोक मा हुने सम्पुर्ण कार्य ग्रह को अधिन मा रहेका छन्,लाभ हानि शुभ अशुभ फलग्रह कै अधिन मा हुन्छन् वेद का ६ अंग हरु मध्ये ज्योतिष शास्त्र लाई नेत्र को संज्ञा दिएको छ

कस्ता परामर्श दिइन्छ ?

वर्तमान भविष्य
वैदेशिक यात्रा
सन्तान सुख
प्रेम वैवाहिक जिवन
ग्रह गोचर
सरकारी जागरि आदि
सम्पूर्ण ज्योतिष परामर्श

 ज्योतिषामयनं चक्षु । सामान्य भाषा शैलि मा भन्ने हो भने ज्योतिष को अर्थ आकाशिय ग्रह मण्डल नक्षत्रादि को गणना गरि राम्रो नराम्रो समय को जानकारी दीने शास्त्र हो । । २१ औ शताब्दीमा यसको आवश्यकता,महत्व,चर्चा क्षेत्र झन्झन् बढ्दै गएको छ ।प्रायः मानिसहरू ज्योतिषीहरुसंग आफ्ना मनमा लागेका जिज्ञासा मेटाउन,समस्याको उपाय खोज्न,आफ्नो कुन समय ठीक,कुन समय खराब छ भनेर पत्ता लगाउन,कुन समयमा कुन काम कुन दिशा अथवा क्षेत्रमा गर्ने लगायत समग्रमा आफ्नो भविष्यको बारेमा पूर्व जानकारी लिएर अझ सफल र सचेत हुन कसरी सकिन्छ भनेर पुग्दछन । तर कतिपय ले ज्योतिष प्रति विश्वास नगर्ने भनेता पनि व्यवहार दैनिकी ज्योतिष कै हिसाब ले गर्छन् यदि ज्योतिष शास्त्र नहुने हो भने दशै तिहारादि चार्ड पर्व कहिले मनाउने
श्राद्घ कहिले गर्ने यस्तै विभिन्न कार्य हरु ज्योतिष शास्त्र कै आधार मा निर्णय हुन्छ ।। तथा ज्योतिष शास्त्र लाई आधुनिक विज्ञान तर्फ लैजान सकिन्छ जस्तैः । पृथ्थिवी मा पानि को मात्रा ७० प्रतिशत तथा जमिन को मात्रा ३० छ मानव शरिर मा पनि सोहि क्रम ले ७० ।३० नै छ। आकाशिय ग्रह मण्डल शनि सूर्य चन्द्रमा, आदि ले अप्रत्यक्ष रूपमा थुप्रै हानि तथा लाभ गरेकै हुन्छन् जस्तैः( पूर्णिमा का दिन सुमुद्रमा (आधिहुरी ) चन्द्रमा मा भएको किरण ले….. समुन्द्र मा रहेको पदार्थलाई आफुतिर कर्षण गर्दा यस्तो हुने वैज्ञानिक बताउँछन भने हाम्रो शरीर मा समुद्र को स्थान मस्तिष्क हो अर्थात समुद्र मा पाईने पदार्थ मष्तिषक मा हुन्छन् । पूर्णिमा अर्थात समुद्र मा आधि को खतरा हुने दिन मानव मष्तिषक मा असर पर्ने गर्छ ( पागल व्यक्त्तिहरू को संख्या बढने गर्छ भन्ने कुरा एउटा सर्वे मा पुष्टि भएको थियो ।) यस्तै प्रशस्त प्रमाण ले ज्योतिष लाई ज्योतिष विज्ञान तिर लैजाने गर्छ। ज्योतिष आफैमा अतुलनिय छ। भूत भविष्य वर्तमान तथा आई पर्ने नराम्रो समय( खतरा ) को समाधान अथवा सावधान हुन मदत गर्दछ । बढ्दो ज्योतिष प्रति को लामो अध्ययन मा भिटामिन, रोग आदि पनि सहजै थाह पाउन सकिन्छ।
वैदिक कालमा यज्ञ सम्पादन को लागि ज्योतिष को प्रादुर्भाव भएको थियो सूर्य तथा अन्य ग्रह को स्थिति को गणना गरी ज्ञान दिने शास्त्र नै ज्योतिष भनियो। समयान्तर मा ज्योतिष लाई तिन भागमा विभाजन गरीएको छ 

  • सिद्धान्त कृत्ति ( सवैभन्दा सुक्ष्म काल) देखि प्रलय काल सम्म को गणना।
  • संहिता जसले समाज तथा राष्ट्र हितका निम्ति फल कथन गरिन्छ उसैलाई संहिता भनियो
  • होरा जातक को जन्म समय को आधार मा जन्म पत्रिका निर्माण गरी शुभाशुभ को जानकारि दिने प्रमुख विषय रह्यो । पुनः समयान्तर मा यश होरा शास्त्र लाई ५ भाग मा विभाजन गरिएको छ ।
  • जातक कुण्डलि द्वारा फलकथन
  • ताजिक वर्ष कुण्डलि द्वारा फलकथन
  • मुहूर्त कार्य सम्पादन का लागी गरीने काल शुद्घि(राम्रो नराम्रो समय
  • प्रश्न प्रश्न कुण्डलि, रमल प्रश्न, अष्टमंगल प्रश्न
  • स्वप्न स्वप्न द्वारा फल कथन
    यशरी विभाजन गरीएको ज्योतिष शास्त्र कतिपयः का लागी अनुसंधान को विषय भयो त कसैका लागी जिविकोपार्जन ।

Book Appointment

ज्योतिष परामर्शका लागि तल रहेको फर्म भर्नु होला । तपाइको Gmail मा प्राप्त Email अवस्यहेर्नु होला । परामर्श शुल्कः ५००/-

error: Content is protected !!