रुद्राक्ष–
रुद्राक्षका विभिन्न धार्मिक तथा वैज्ञानीक फाईदा रहेका छन् । धार्मिक अर्थात आध्यात्मिक पक्षलाई केलाउने हो भने ।शिवलोक को प्राप्ति तथा कामना पूर्तिका लागी धारण गरिने गरिन्छ । कामना पूर्तिको कुरा गर्दा राहु बाट उत्पन्न हुने दोष प्रमुख उदाहारण हो राहुदोष अर्थात मानसिक असान्ति सोच्ने क्षमता कमजोर कार्यमा विलम्वता वैदेशिक रोजगारमा समस्या पारिवारिक कलह प्रमुख हो । यस्तो प्रकारको दोष निवारणका लागी आठमुखी रुद्राक्ष प्रमुख ।
एक देखि १४ मुखि रुद्राक्षको नाम तथा फल–
१. एक मुखी रुद्राक्षमा भगवान शिवको स्वरुप रहेको हुन्छ, यसको धारण गर्नाले धन सम्पति प्राप्त र मोक्ष आदिको प्राप्ति हुन्छ।
२. दुईमुखी रुद्राक्षको अर्धनारीश्वर (शिव र पार्वतीको) स्वरूप मानिन्छ,यसको धारण गरेमा मान(सम्मान एंव मोक्षको प्राप्ति हुन्छ,अधिकाश रोगहरुको निवारण हुन्छ।
३. तीनमुखी रुद्राक्ष ब्रह्मा(विष्णु(महेशको स्वरूप मानिन्छ,विद्या प्राप्तको लागि यसको धारण गरेको सर्वश्रेष्ठ मानिन्छ।
४. चारमुखी रुद्राक्ष ब्रह्माको स्वरूप हो,धर्म, अर्थ, काम एंव मोक्ष प्राप्ति गर्ने इच्छा राख्नेहरूले यसको धारण गर्नु लाभदायक हुन्छ।
५. पाँचमुखी रुद्राक्ष साक्षात शिवको रुप हो,राम्रो स्वास्थ्य, दुख(कष्ट निवारण गर्न ५ मुखे रुद्राक्ष धारण गरिन्छ।
६. छ मुखी रुद्राक्ष भगवान कार्तिकेयको स्वरूप भएको मानिन्छ। यसको धारण गरेमा समस्त पापहरु नाश गर्नको लागि श्रेयस्कर मानिएको छ। काम, क्रोध, लोभ, मोह आदि नियंत्रणको लागि यो उत्तम रहेको मानिएको छ।
७. सातमुखी रुद्राक्ष सप्तर्षिको प्रतिक मानिन्छ यसले ऐश्वर्य बढाउँन मद्दत गर्दछ र मृत्युको कष्टबाट पनि छुटकारा दिलाउछ।
८. आठमुखी रुद्राक्षको भगवान गणेश र बटुक भैरव स्वरूप मानिन्छ।लामो आयुको कामनाको लागी यसको धारण गर्नु उत्तम हुन्छ ।
९. नौ मुखी रुद्राक्ष भगवती दुर्गा स्वरूप हो। धर्मराज (यम)को समेत रूप मानिएको छ, यसको धारणले व्यक्तिको वीरता, साहस, सहनशीलता एंव पराक्रममा वृद्धि हुन्छ।
१०. दशमुखी रुद्राक्ष भगवान विष्णुको स्वरूप भनिएको छ।सन्तान नभएकाहरुले सन्तान प्राप्तिको कामना राख्दै यसको धारण गर्नु उपयुक्त हुन्छ ।
११. एघारमुखी रुद्राक्ष साक्षात रुद्र स्वरूप हो,यस रुद्राक्षको धारण गर्ने व्यक्तिले सफलता एंव विजयको साथपाउछ।
१२. बाह्रमुखी रुद्राक्ष सबै समस्याको समधान गर्ने रुपमा चिनिन्छ यसले रोग नाश र लाभप्रदान गर्दछ।
१३. तेह्रमुखि रुद्राक्ष इन्द्रको स्वरूप भएको मानिन्छ,यसले धन(सम्पत्ति, सौभाग्य एंव कामना पूर्ति गर्ने बिस्वास गरिन्छ ।
१४. चौधमुखी रुद्राक्ष हनुमानको स्वरूप भएको मानिन्छयसको धारंणले सबै पापको नाश एंव दुखबाट मुक्ति दिने र आरोग्यता प्रदान गर्दछ ।
१५. पन्ध्रमुखी रुद्राक्षलाई पशुपतिनाथको प्रतीक मानिन्छ । धन–सम्पत्तिको दृष्टिले उन्नति गर्नको लागि यो रुद्राक्ष उपयोगी छ । यस रुद्राक्षलाई धारण गर्नाले चर्मरोग हुँदैन ।
१६. सोह्रमुखी रुद्राक्षलाई काल विजयको प्रतिक मानिन्छ । यसलाई धारण गर्नाले ऋतुहरुको प्रकोप हुँदैन । जुन घरमा यो रुद्राक्ष हुन्छ त्यो घरमा आगो लाग्ने, चोरी ठकैतीको भय हुदैन ।
१७. सत्रमुखी रुद्राक्षलाई प्रयोग गर्नाले आकस्मिक धन प्राप्तिको अनुकूलता बढ्छ । जुन व्यक्तिको घाँटीमा यो रुद्राक्ष हुन्छ उसको आकस्मिक धन प्राप्त हुन्छ । वाहन,घर,सुख आदिको लागि यो रुद्राक्ष उपयोगी छ ।