भागवत पुराण हिन्दूहरूका अठार पुराणहरू मध्येको एक हो। यसलाई श्रीमद्भागवतम् अथवा केवल भागवतम् पनि भनिन्छ। यसको मुख्य वर्ण्य विषय भक्ति योग हो, जसमा कृष्णलाई सबै देवका देव वा स्वयं भगवानका रूपमा चित्रित गरिएकोछ। यसका अतिरिक्त यस पुराणमा रस भावको भक्तिको निरूपण पनि गरिएकोछ, परम्परागत रूपमा यस पुराणका रचयिता वेद व्यासनेपालको तनहु जील्लामा जन्मीएका र ईनैले सुर्ती भावमा रहेको वेदलाई समेत लिखीत रूपमा लेखेको हुनाले यीनको नाउ वेद व्यास भनीन्छ । भगवान शुकदेवद्वारा महाराज परीक्षितलाई सुनाइएको भक्तिमार्गको वर्णन यसै पुस्तकमा छ। यसका प्रत्येक श्लोकमा श्रीकृष्ण-प्रेमको सुगन्धि छ। यसमा साधन-ज्ञान, सिद्धज्ञान, साधन-भक्ति,सिद्धा-भक्ति, मर्यादा-मार्ग, अनुग्रह-मार्ग, द्वैत, अद्वैत समन्वयका साथ प्रेरणादायी विविध उपाख्यानहरूको अद्भुत सङ्ग्रह छन्। [१]
भागवत पुराणमा महर्षि सूत गोस्वामी उनका समक्ष प्रस्तुत साधुहरूलाई एक कथा सुनाउँछन्। साधुहरू उनीसित विष्णुका विभिन्न अवतारका बारेमा प्रश्न गर्छन्। सुत गोस्वामी भन्दछन् – यो कथा उनले एक अर्का ऋषि शुकदेवबाट सुनेकाथिए। यसमा जम्मा बाह्र स्कन्ध छन्। प्रथम स्कन्धमा सबै अवतारहरूको सारांश रूपमा वर्णन गरिएको छ।
स्कन्ध संख्या | विवरण |
---|---|
प्रथम स्कन्ध | यसमा भक्तियोग र यसबाट उत्पन्न एवं यसलाई स्थिर गर्ने वैराग्यको वर्णन गरिएकोछ। |
द्वितीय स्कन्ध | ब्रह्माण्डको उत्त्पत्ति एवं त्यसमा विराट् पुरुषको स्थितिको स्वरूप। |
तृतीय स्कन्ध | उद्धवद्वारा भगवानको बाल चरित्रको वर्णन। |
चतुर्थ स्कन्ध | राजर्षि ध्रुव एवं पृथु आदिको चरित्र। |
पञ्चम स्कन्ध | समुद्र, पर्वत, नदी, पाताल, नरक आदिको स्थिति। |
षष्ठ स्कन्ध | देवता, मनुष्य, पशु, पक्षी आदिका जन्मको कथा। |
सप्तम स्कन्ध | हिरण्यकश्यिपु, हिरण्याक्षको साथ प्रहलाद-चरित्र। |
अष्टम स्कन्ध | राजवंशहरूको विवरण। |
नवम स्कन्ध | श्रीरामको कथा। |
दशम स्कन्ध | भगवान श्रीकृष्णका अनन्त लीलाहरू। |
एकादश स्कन्ध | यदु वंशको संहार। |
द्वादश स्कन्ध | विभिन्न युग तथा प्रलय र भगवानका उपांगहरू आदिको वर्णन। |
आचार्य प्रकाश पौडेल
कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो। श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाल उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ। श्रीकृष्णका एक दाजु बलराम नन्द गोपालका सुपुत्र थिए।
श्रीकृष्ण जन्म
हिन्दू धार्मीक ग्रन्थका अनुसार भगवान श्रीकृष्णको जन्म द्वापरांतमा भएको पाईएको छ। यो हिसाबले श्रीकृष्णको जन्म कलीयुगको आगमन भन्दा ५०० देखि १ हजार वर्षको बीचमा भएको अनुमान गर्न सकिन्छ। हिन्दू पञ्चाङ्गका अनुसार २१औँ शताब्दीको सुरुमा कलियुगको आयु ५१०० वर्ष तोकिएको छ। भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरावासी वसुदेवकी धर्म पत्नी देवकीको गर्भबाट राजा कंशको कारागार भित्र भएको थियो। देवकी राजा कंशकी बहिनी थिईन्। उनीहरू दुवै भाइ बहिनीहरू तत्कालीन मथुराका राजा उग्रसेनका सन्तान थिए। राजा कंश देवकीको विवाहमा वशुदेव र देवकीलाई रथमा राखेर आफुले रथ हाँक्दै उनको घरमा पुगाउन जाँदै थियो। त्यसैबेला नारदमुनी आएर कंशलाई भने- “जसलाई तिमी आफ्नो बहिनी ज्वाँई भनेर पुगाउ जाँदै छौ उनको आठौँ गर्भबाट तिम्रो मृत्यु हुनेछ।” नारदको यो कुरा सुनेर कंश रिसले आगो भयो उसले देवकीको हत्या गर्ने मनसायले आफ्नो तरवार निकाल्यो तब वशुदेवले कंशको अघाडी हात जोडेर देवकीको गर्भबाट जती बालकहरू जन्मिन्छन, ती सबैलाई जन्मेकै घडी कंशलाई सुम्पीदिने संकल्प गर्दै देवकीको प्राण रक्षाको विन्ती गरे। यो सुनेर कंशले वशुदेवको प्रतिज्ञा स्विकार गरेर आफ्नो घर गयो। केही दिन पछि देवकीको गर्भबाट पहिलो बालक पैदा भयो। वशुदेवले आफ्नो प्रतिज्ञा बमोजिम बालक कंशको घर पुराए। यो देखेर कंशले देवकीको आठौँ गर्भको बच्चा मात्र मलाई दिनु बाँकीका बालकहरू दिनु पर्दैन भनि फर्कायो तर नारदमुनी आएर जो गर्नु छ यी बालकलाई गर आठौँ गर्भको बालकलाई त तिमी केही पनि गर्न सक्दैनौ भने। यो सुनेर राजा कंशले वसुदेवसँग बालक मागेर बालकलाई जमीनमा पछारी हत्या गरिदियो। यसै गरी देवकीका सातवटा बालकहरूको कंशले हत्या गरिदियो। त्यस पछि देवकीलाई आठौँ गर्भ रह्यो। राजा कंशले देवकीको यो गर्भबाट आफ्नो कालको जन्म हुने सोचेर गर्भ रहेको दशौँ महिनामा देवकी र वसुदेवलाई जेलमा बन्द गरेर राख्यो। जेलको बाहिर आफ्ना पहरेदारहरूलाई कडा पहरा दिने आज्ञा गरेको थियो। तर भगवानको लिला अपरम्पार छ। जब श्रीकृष्णको जन्म भयो त्यसबेला पहरेदारहरूलाई मोह निद्राले ढाक्यो। भगवान श्रीकृष्णको जन्मको भन्को सम्म पनि पहरेदारहरू थाह पाएनन्। भगवान विष्णुले पहिले त वसुदेव देवकीलाई आफ्नो चतुर्भुज अवतारको दर्शन गराए। त्यसपछी वसुदेवलाई “गोकुलमा नन्द गोपका घरमा भरखरै मात्र एक कन्याको जन्म भएको छ। तिमी मलाई गोकुल लैजाउ त्यहाँ मलाई यशोदाको काखमा सुताएर उनको छोरीलाई ल्याएर यहाँ आउनु।” भनि सम्झाएर अन्तर्ध्यान भए। केही छिन पछि देवकीको गर्भबाट भगवान श्रीकृष्णको जन्म भयो। भगवानको लिला अनुशार वशुदेव र देवकीका सबै नेलहरू खुल्ला भए भगवान बिष्णुले बताए बमोजीम वसुदेवले बालक कृष्णलाई टोकरीमा राखेर गोकुल जान हिँडे। बाटोमा यमुनाजी पर्छन्। यमुनाले पनि भगवान श्रीकृष्णको दर्शन गर्नाको साथै वसुदेवको लागि बाटो छोडी दिईन्। केही छिनमै वसुदेव यशोदाको काखमा खेलीरहेकी कन्यालाई उठाई बालक कृष्णलाई त्यहाँ सुताएर मथुरा फर्के। तर यो कुरा यशोदालाई थाहा भएन। यशोदालाई प्रसव पिडाका कारण कन्याको जन्म भएको पनि थाहा थिएन। यता वसुदेवले मथुरा आएर कन्यालाई देवकीको काखमा राखी जेलमा पूर्ववत बन्दी भएर बसे। केही छिन पछि बालीका जोर जोरले रुन थालिन्। यो सुनेर पहरेदारहरूको मोह निँद्रा खुल्यो कसैले बालक जन्मेको कुरा कंशलाई भन्यो। बालक जन्मेको कुरा थाहा पाएर कंश जेलघरमा आएर बालीकालाई देवकीको हातबाट खोसेर बाहिर गयो बालीकालाई पहिलेका बालकहरू जस्तै गरी जमीनमा पछार्दा बालीकाले आकाशमा उड्दै “पापी मलाई जती कोशीस गरे पनि मार्न सक्दैनस् तँलाई मार्ने तेरो शत्रु गोकुलमा छ” भनिन्। यी बालीका महा शक्ति योगमाया दुर्गा भगवतीको अवतार थिईन्
कृष्णको जन्म जेलमा भएको हो । भाद्र कृष्ण अष्टमीको आधा रातमा जेलमा आठौँ गर्भ जन्माउनका लागि थुनिएकी देवकीबाट उनको जन्म भएको हो । तर उनको गर्भलाई सामान्य गर्भ मानिंदैन । क्राइस्ट कुमारी मरियमको गर्भमा प्रवेश गरेका थिए र यसको सङ्केत बेथलहेमको ताराले दिएको थियो । बुद्धकी आमा मायावतीले बुद्ध गर्भमा आउनु अघि सेता हात्ती मुखबाट शरीर भित्र प्रवेश गरेका देखेकी थिइन् । श्रीकृष्णको जन्म हुनु धेरै अघि आठौँ गर्भको रूपमा धराको अन्याय र अत्याचार नाश गर्न ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत कथामा उल्लेख छ । आठौँ गर्भ ज्यादै विशेष भएकोले सातौँ गर्भमा त्यसको पूर्व तैयारी गरिएको थियो । तर पछि त्यस गर्भलाई ईश्वरीय विधिले रोहिणीको गर्भमा बलरामको रूपमा स्थानान्तरण गरिएको थियो । कृष्णलाई यशोदाको गर्भको बालिकासंग साटिएको थियो । वास्तविक जन्मको रूपमा कृष्णलाई आठौँ गर्भ भन्न मिल्दैन तर एउटी बालिकाको बलिदान समेतलाई हिसाब गर्दा उनी आठौँ नै हुन्छन् । यसरी भगवान कृष्ण एक असाधारण गर्भ र असाधारण जन्म थिए । उनले जन्मलिनु अघि देवकी र वसुदेवलाई चतुर्भुज स्वरुपम दर्शन दिएको कथा भागवतमा उल्लेख छ ।
जन्म हुना साथ आमाको दूध मुखमा राख्न नपाइ छुट्टिनु परेको घटनालाई ध्यान दिने हो भने कुनै पनि दूध खाने बालकलाई यो भन्दा दुर्भाग्यको घटना अर्को हुन सक्दैन । जुन बालक जन्मनु अघि असुरक्षित छ र जन्मि सकेपछि पनि निरन्तर असुरक्षित छ उसको जीवनको संघर्षको जटिलतालाई शब्दमा बयान गर्न सकिंदैन । जीवनका भयंकर असुरक्षित क्षणहरूलाई नाचेर, गाएर, अत्यन्त हलुका रूपमा लिएर, अर्काको घरमा आफ्नो घरमा भन्दा प्रिय वातावरण बनाएर हुर्कने बच्चाको असाधारण क्षमतालाई सामान्य मानवको आँखाले हेर्न सकिंदैन ।
इतिहासका प्रमाण
इतिहासकाहरुका लागि एक प्रामाणिक ग्रन्थ इन्डिका र त्यसका लेखक मेगास्थनीजका भनाईहरु आधिकारिक मानिन्छन् । किनभने त्यसमा तिथि मिति उपलब्ध छ । त्यस पुस्तकमा ह्रीक्लियस शब्दको उल्लेख छ । जुन शब्द हरिकृष्ण वा हृषीकेशका लागि प्रयोग गरिएको हो । यसका अतिरिक्त मेगास्थनीजले मैथोरा र क्लीइसोबोरा (कृष्णपुर) भनी दुइठूला र प्रसिद्ध शहरको नाम पनि उल्लेख गरेका छन् । बौद्ध जातक ग्रन्थहरूमा कृष्णलाई कान्ह शब्द प्रयोग गरिएको छ । पाकिस्तान सिन्ध प्रान्तको लरकाना जिल्लामा रहेको मोहन जो दारोको उत्खननमा एक बालकले दुइ वृक्षहरु उखेलेको र त्यसबाट दुइ व्यक्तिहरु उत्पत्ति भएको चित्र अंकित छ । यो चित्र भागवत कथाको यमलार्जुन उद्धारको हो भनी मानिएको छ ।
श्रीकृष्णको पूजा
हे नाथ यो पतितको अपराध बिर्सि पक्री लगाम तल खस्न नदेउ बिन्ती जो पर्छ दुःख यसमा सपना गराउ हे कृष्ण शान्ति रसको सरिता बहाउ संसारका मरण को भयले डराई घुम्दा अहो अभय स्थान कहि नपाई आएँ प्रभु चरणमा अभय स्थान देउ हे कृष्ण शान्ति रसको सरिता बहाउ पोल्यो कड़ा विषय बैभवले मलाई पाईन आश्रय कतै तिर हाय हाय चर्की रहेछ मन भित्र कठोर घाऊ हे कृष्ण शान्ति रसको सरिता बहाउ ति कामीनी कनकमा मन यो भुलेर धेरै गरें अधम काम अहो भुलेर ती उग्र पापहरूबाट हरे बचाउ हे कृष्ण शान्ति रसको सरिता बहाउ हे कृष्ण ब्रिन्दाबनको बिहारी हे सत्यको सुन्दर रूपधारी हे बिश्व ब्यापी त्रयता पहारी उद्धार हाम्रो घर हे मुरारी ईश्वरीय शक्तिको रूपमा भगवान श्रीकृष्णको पूजा आर्यावर्तमा लगभग ५०० वि.पू. प्रारम्भ भइसकेका फप्रमाणहरु भ्ेटिन्छन् । ऋग्वेदमा लेखिएको छ– एक यस्तो गोठालो जो कहिल्यै च्युत हु“दैन, मित्रवत् छ, सुन्दर वस्त्रले सजिएको छ । र यो समय समयमा पृथ्वीमा अवतरित भइरहन्छ । (ऋग्वेद १.२२.१६४) निश्चित रूपमा यो वर्णन भगवान श्रीकृष्णसंग नै सम्बन्धित छ । स्वामी योगानन्दले भगवद्गीता पुस्तकमा भगवान श्रीकृष्ण र क्राइस्टका जीवनको तुलनात्मक झलक प्रस्तुत गरेका छन् । उनको विचारमा नामको उच्चारणमा धेरै समानता छ । जीवनका प्रारम्भिक दिन र जीवनका अन्तिम दिनका घटनाहरूमा पनि समानता पाइन्छ । क्राइस्टको स्वरुप एक भेडागाठालोको रूपमा सुन्दरतम रूपमा अभिव्यक्त हुन्छ भगवान श्रीकृष्णको रुप मुरलीधर र गाईगोठालोको रूपमा नै सुन्दरतम रूपमा अभिव्यक्त हुन्छ । संभवतः उनको नाम गोपाल राख्नुको पछाडि यही दर्शनले काम गरेको छ । गोपालको अर्थ हुन्छ गाईको रेखदेख गर्ने र गोविन्दको अर्थ हुन्छ गाईको खोजी गर्ने । यी सबै घटनाले श्रीकृष्णको गाई प्रेम व्यक्त गर्छ । छान्दोग्य उपानिषद (९०० वि.सं. पूर्व) मा देवकीपुत्रको ससम्मान उल्लेख छ । पाणिनी अष्टाध्यायी (वि.सं. ५०० शताब्दी पूर्व), अर्जुन, र वासुदेवको सम्मानपूर्ण अभिलेख छ । कौटिलीय अर्थशास्त्र (३०० वि.सं. पू.) श्रीकृष्ण र द्वैपायनको उल्लेख हुनुका साथै दुर्योधनले गरेका गलतीहरूको उल्लेख छ । कृष्णलाई विशेष पूजित व्यक्तितवको रूपमा सङ्केत गरिएको छ । पातञ्जली महाभाष्य (१५० वि.सं. पूं) मा कृष्ण र अर्जुन दुवै पूजाका विशेष अधिकारी पात्र छन् भनिएको छ । महाभारत र भागवतको विवरण अनुसार श्रीकृष्णलाई सर्वप्रथम ईश्वरूपमा पहिचान गर्ने एक दृष्टिविहीन गोठालो साथी थियो । यशोदालाई पटक पटक त्यो रुप देखाउंदा पनि उनले बुझ्नै सकिनन् । गोपिनीहरूले उनको प्रेमी रूपलाई नै प्रधान मानेका थिए । उद्धव, भीष्म, विदुरले उनको अवतार रुपम जानेका थिए । भीष्मले यसैका लागि विष्णुसहस्रनाम रचना गरे । दुर्योधन र अर्जुन दुवैले श्रीकृषण्को विराट रुप वा विश्वरुप देखेका थिए तर दुर्योधनले त्यसलाई नौटंकी ठान्यो भने अर्जुनले त्यस रूपको दर्शन पछि ईश्वर भन्ने कुरा थाहा पाइ श्रीकृष्णको आज्ञा पालन गरे ।