-अर्क बिवाहका बिषयमा त प्रष्टनै छ ।
शास्त्रले भन्छ ।
“मम प्रीतिकरा येयं मया स्पृष्य पुरातनी ।
अर्कजा ब्रह्मणा सृष्टाऽद्यास्मान् सम्प्रति रक्षतु ॥”
“अर्ककन्यामिमां विप्र यथाशक्ति विभूषिताम् । गोत्राय शर्मणे तुभ्यं दत्तां विप्र समाश्रय ।।”
हे ब्राह्मण! आफ्नो सामर्थ्यअनुसार सिँगारपटार गरिएकी यी अर्ककन्या फलाना गोत्रका फलाना नामका तपाईंलाई दान गरेको छु। यिनको संरक्षण गर्नुहोस् । यसरी कन्यादान दिने व्यक्तिले लिने व्यक्तिलाई वचा बद्ध गराउने गरिन्छ ।
लिनेले पनि यसरीनै बचन बद्ध भएर कर्म गर्नु पर्छ ।
नमस्ते मङ्गले देवि नमः सवितुरात्मजे । त्राहि मां कृपया देवि पत्नी त्वं म इहागता ।। अर्क त्वं ब्रह्मणा सृष्टः सर्वप्राणिहिताय च । वृक्षाणामधिभूतस्त्वं देवानां प्रीतिवर्द्धन ॥ तृतीयोद्वाहजं पापं मृत्युं चाशु विनाशय ।।”
हे मङ्गलकारिणी देवी! तिमीलाई नमस्कार छ। हे सूर्यपुत्री! तिमीलाई नमस्कार गर्छु। कृपापूर्वक मेरो रक्षागर। तिमी यहाँ उपस्थित भएर मेरी पत्नी बन।
मया कृतमिदं कर्म स्थावरेषु जरायुणा । अर्कापत्यानि नो देहि, तत् सर्वं क्षन्तुमर्हसि ।।”
हे अर्क देवता ! मैले गर्भवाट जन्म लिने प्राणी भएर स्थावर (अचल) प्राणीसँग विवाहको जुन कर्म गर्दै त्यो सब क्षमा गरिदिनुहोस् र हामीलाई सन्तान प्राप्त गराइदिनुहोस् । भनि दोष शान्तिका लागी विवाह गरिन्छ ।
निर्णयसिन्धुले कुनै पनि पुरुषले ३ बिवाह गर्न नहुने गर्नै परेमा वा बहुविवाहादि दोष निवारण हेतु अर्क (आँक) सँग विवाह गर्ने विषयमा विस्तृत वर्णननै गरेको छ ।
• तर पिपल,बिष्णु प्रतिमा र कुम्भ बिवाहलाई अन्योल देखिन्छ तर्क र वितर्क हुन्छन् ।
• कुम्भ,पिपल,प्रतिमा विवाह ! के यो शास्त्रीय हो ?
– उत्तर : हो यो शास्त्रीय हो ।
प्रबलबैधव्ययोग/दोष परिहारका तीन प्रकार वा उपायका रुपमा शास्त्रमा –
१.विष्णु प्रतिमा
२. पिपल
३. घडा (कुम्भ) विवाहको विधान स्पष्ट छ ।
मार्कण्डेय पुराणमा भनिएको छ ।
बालबैधव्ययोगेपि कुम्भद्रुप्रतिमाभि: ।
संहिता सार,ज्ञानभाष्करको मतमा पनि यो नियम देखिन्छ ।
एकान्तमा अच्युत भगवान्को मूर्ति वा विष्णुको प्रतिमा वा पिपल वा घडा मध्ये कुनै एक संग शुभलग्नमा विवाह गरेर चिरञ्जीवी वर संग कन्यादान दिनु पर्छ ।
-आचार्य प्रकाश पौडेल,ज्योतिष/वास्तुविद्
•के यश बिषयमा अझ स्पष्ट लेख लेख्नु पर्ला