nepalastrovisio.com

घरमा गरिने शिवलिंग पूजामा शास्त्रको बिधि(मर्म)

प्रकाश पौडेल

नमः शम्भवाय च मयोभवाय च नमःशङ्कराय च मयस्करायय च नमः शिवाय च शिवतराय च ।। य.वे.१६।४१..
दिव्य आनन्द दिने,सांसारिक सुख प्रदान गर्ने रुद्रदेवतालाई हामि नमस्कार गर्दछौ । कल्याण गर्ने र सुख बढाउने देवतालाई हामि नमस्कार गर्दछौँ । सबै किसिमका मंगल गर्ने र आफ्ना भक्तहरुलाई पवित्रता पूर्वक गति प्रदान गर्ने रुद्रदेवतालाई हामी नमस्कार गर्दछौँ ।

कुनै पनि कामना राखि वा नराखी गरिने कुनै पनि प्रकारको साधना,पूजामा मन्त्र,विधि आसन लगायतका अन्य कुरामा शुद्धि अर्थात सतर्कता आवस्यक हुन्छ ।
नेपालमा अधिकांश शिवका साधक छन् । अधिकांश घरमा शिवलिङ्ग,शालग्राम नै पुजा गरिन्छ । शास्त्रमा यसरि गरिने पुजाका नियम हुन्छन् ति नियमै रहेर शास्त्रको मर्मानुसार कर्म गर्दा मात्र लाभ मिल्छ । शास्त्र अर्थात धर्मको संविधान,संविधान भन्नाले मुल कानुन….।

के हो शिवलिंग?
साधक अझ भनौं वा एक विशिष्ठ व्यक्तmी सधैं एउटा अपेक्षा राख्छ । आफुले नजानेका विषयमा बोल्न नपरोस् । तर वौद्धिकताको अभावमा भनौं वा शास्त्र ज्ञानको अभावमा लिङ्गको पुजा…हा हा हा भनेर हास्यास्पद अभिव्यक्ति दिन हतार गर्नेको पनि अभाव देख्दिन.
वास्तवमा के हो शिव लिङ्ग?
शुन्य,आकाश,अनन्त ब्रह्माण्ड र निराकार परमपुरुष भएकोले यसलाई लिङ्ग भनिएको हो । स्कन्ध पुराणमा आकाश स्वयं लिङ्ग हो भनिएको छ । शिव लिङ्गको अर्थ अनन्त हुछ लिङ्ग वा योनी हैन ।“ शब्दानाम् अनेकार्था” ःभनिएको छ एउटै शब्दको अनेक अर्थ लाग्छ । अझ भिन्न भाषामा भिन्ना भिन्नै अर्थ लाग्छ । त्यसैले शिव लिङ्ग शब्दको अर्थ चिन्ह वा आकार हो ‘शिवको आकार’


आवस्यकता
सप्ताङ्गुलम् समारभ्य यावच्च द्वादसाङ्गुलम्’ अर्थात सात अङ्गुल देखि १२ अङ्गुल सम्मको प्रतिमा घरमा स्थापना गर्न मिल्छ भनि निर्णय सिन्धुमा भनिएको छ । सम्भव भए सम्म घरमा अत्याधिक ठुलो आकारको प्रतिमा स्थापना गर्नु नहुने शास्त्रमा स्पष्ट नै छ ।
वाराह पुराणमा भनिएको छ घरमा दुई लिङ्ग,दुई सूर्यको प्रतिमाको पूजा गर्र्नु हुँदैन । दशावतारको एकै स्थानमा पुजा गर्न हुदैन । च्यातिएका फुटेका जलेका प्रतिमाको पनि पूजा निषेध छ ।
दिपक अर्थात दियो नबालि पनि पुजा गर्नु हुदैन विना दिपेन सफला कर्म स्तिर्ण जायते भनिएको छ अर्थात दियो नबालि गरिको कर्म व्यर्थ हुन्छ ।
तिर्थ तत्वमा ब्रह्मपुराणको वचन छ शिव र सूर्यको पुजा गर्दा शंख बजाउनु हुदैन । ”सर्वत्रैव प्रशस्तोब्जः शिव सूर्याचनं विना ।
त्यस्तै रुद्राक्षको विषयमा पनि शास्त्रमा नियम छन् देखाउनका लागि शास्त्रको नियमनै नबुझि रुद्राक्ष धारण गर्नु हुदैन ।
”विना मन्त्रेण यो धत्ते रुद्राक्षं भुवि मानवः । स याति नरकान् घोरान् यावदिन्द्रा चतुर्दशः”
अर्थातः जुन मनुष्यले वृथिवीमा विना मन्त्र रुद्राक्ष धारण गर्दछन् तिनीहरु जब सम्म चौध इन्द्रको शासन चल्छ तब सम्म नरक मा वस्नु पर्छ अतः मन्त्र पढेर मात्रै रुद्राक्ष लगाउनु पर्छ । भनि निर्णय सिन्धुमा उल्लेख छ । इति शुभम् ।।

ताजा लेख/समाचार
error: Content is protected !!