nepalastrovisio.com

तिहार र तिहारका पाँच दिन !

सन्तोष बञ्जाडे

यमपञ्चक भनेको तिहारकाे पाँच दिन हाे।सिधा अर्थमा यम भनेको नियम र नियम भनेको धर्म हाे तर यहाँ यम शब्दले यमराज भन्ने अर्थ बुज्नुपर्छ।यमपञ्चक अर्थात् तिहार हिन्दूकाे महान् पर्व हाे।कार्तिक कृष्णपक्षकाे तिहारकाे दिन कागकाे विधिवत् पुजा र काकबलि दिएपछि याे पर्व सुरु हुन्छ र कार्तिक शुक्लपक्षकाे भाइटीकाकाे दिनमा टीका लगाएपछि याे पर्व समाप्त हुन्छ।याे दशैकाे पन्ध्र दिनपछि आउँछ।याे भारत,नेपाल,म्यानमार,बर्मालगायतका देशमा भिन्न भिन्न तरिकाले मनाईन्छ।
पाैराणिक कथाअनुसार भगवान् सूर्यपुत्र यमराज हुन्।यमराजकी बहिनी यमुना हुन्।आफ्नी बहिनी यमुनाकाे निमन्त्रणा स्वीकार गरेर बहिनी यमुनाकाे घरमा गएर हर्षाेल्लासपूर्वक मनाएकाे कुरा पुराणमा उल्लेख छ।बहिनी यमुनाकाे घरमा बस्दा बहिनिको आतिथ्यताबाट प्रसन्न भएर दाजु यमराजले वरदान माग भन्दा उनकी बहिनीले हरेक बर्ष आजका दिन हजुर मलाई भेट्न आउनुपर्छ भन्ने वरदान माग्छिन्।यतिमात्र नभएर दाजुभाइ र दिदिबहिनीकाे सम्बन्ध सधैं अमर रहाेस् भन्ने पनि वरदान माग्छिन्।दाजुभाइ र दिदीबहिनीकाे सम्बन्ध कहिल्यै नबिग्रियाेस् भन्ने पनि वरदान माग्छिन् ।दाजु यमराजले तथास्तु भनी वरदान दिन्छन्। भातृपूजा गर्ने गराउने दुवैको सदा कीर्ति बढ्ने,उन्नति प्रगति हुने वरदान दिएर घर फर्किन्छन्।कार्तिक शुक्लपक्षकाे द्वितीयालाई यमद्वितीया पनि भनिन्छ।यसैदिन दाजु यमराज बहिनी यमुनाका घरमा टीका लगाउन पुगेका थिए।यसदिनमा टिका लगाउनाले यमराजकाे भय हुँदैनन् भन्ने शास्त्रीय मान्यता छ। यमपञ्चककाे सङ्क्षिप्त जानकारी-

कागतिहर:-
कागलाईचलाख,सर्वभक्षी,समानदृष्टि,सन्देशवाहक,यमदूत,यमराजकाे प्रियभक्तका रुपमा लिईन्छ।याे तिहार कार्तिक कृष्णत्रयाेदशीका दिन पर्छ।कागले किसानका खेतीबालीमा लागेका किराफट्याङ्ग्रा खाने हुनाले कागपुजनकाे वैज्ञानिक महत्त्व पनि छ।यमराजसामु सुसमाचार पठाओस् भनेर कागकाे पूजा गरिन्छ।यसदिन कागकाे पूजा गर्नाले कागले बर्षैभरि शुभसमाचार आदानप्रदान गर्छ भन्नू हाे।यसदिन यमदिप पनि दान गरिन्छ।

कुकुर तिहार:-/नरके चतुर्दशी
याे कार्तिक कृष्णचतुर्दशीकाे दिनमा पर्छ।कुकुरलाई यमदूत,आज्ञापालक,कर्तव्यनिष्ठ,बफादार,अनुसन्धाता मानिन्छ।कुकुर भैरवको बाहन पनि हाे।आजकाे दिनमा कुकुरलाई टीका माला लगाई प्रसाद र मीठो मीठो खानेकुरा खान दिइन्छ।मानवसभ्यता प्रारम्भसँगै मानव र कुकुर काे सम्बन्ध प्रगाढ रुपमा रहेको छ।उषाकालमा नदी वा तलाउमा गएर दक्षिण फर्किएर यमदीप बाल्नाले नरक दर्शन गर्नुनपर्ने मान्यता छ र यसरी बालेको दीप नदीमा सेलाउने कार्यलाई नरके बगाउने भनिन्छ।

लक्ष्मीपूजा/सुखरात्रि/गाईपूजा
कार्तिक कृष्ण अमावस्याका दिन याे पर्व मनाइन्छ।यस दिन लक्ष्मीकाे पूजा गरि दीप बाल्ने गरिन्छ।यश दिनलाई सुखरात्रि पनि भनिन्छ।लक्ष्मीपूजापश्चात् देउसी भैलाे खेल्न सुरुवात गरिन्छ।यसदिन गरगहना पनि पूजा गर्ने चलन छ।बत्ती बालेर लक्ष्मीपूजा गरिन्छ।
यसदिनकाे साँझ गाईपूजा पनि गरिन्छ।जनैपूर्णिमाकाे दिन हातमा बाँधेको रक्षाबन्धन फुकाएर माला बनाएर लगाईदिनाले सजिलै वैतरणी तरिन्छ भन्ने विश्वास छ।देवकार्य या पितृकार्य जुनसुकै कार्यमा पनि सनातनधर्ममा गाईकाे गाेबरले लिपेर शुद्ध गरेर मात्र पुजा गर्ने विधि रहेको छ। गाइलाइ सनातन धर्ममा गाैमाता भनिन्छ।यसदिन लक्ष्मीकाे प्रतीक मानेर कन्यापूजा पनि गर्ने चलन छ।चामलको पीठाेबाट लक्ष्मीकाे पाउकाे प्रतीमा बनाएर बत्ती पनि बाल्ने गरिन्छ।

गाेवर्धन पूजा/गाेरुतिहार/म्हपूजा
पाैराणिक कथाअनुसार भगवान् कृष्ण गाेकुलमा गाेपालसँग बस्नुहुन्थ्याे।उनीहरू भगवान् इन्द्रकाे पूजा गर्थे।एकपटक भगवान् श्रीकृष्णले ईन्द्रकाे पूजा गरेर केही पाईदैँन बरु पानी,हावा,खनिज दिने गाेवर्धनकाे पूजा गराेैँ भन्ने प्रस्ताव राखेपछि सबैले स्वीकार गर्छन् तदनुसार गाेवर्धन पर्वतको पूजा हुन्छ ।याे कुरा ईन्द्रलाई था भैसकेपछि भगवान् ईन्द्र रिसाएर असिना,आँधिबेहरी गराउँछन्।यती भैसकेपछि गाेकुवासीहरु डरले डरल त्राहि माम् हुन्छन् त्यस विपद्काे समयमा भगवान् श्रीकृष्णले गाेवर्धन पर्वत उचालेर गाेकुलवासीकाे रक्षा गर्नुहुन्छ।यति भैसकेपछि ईन्द्रले भगवान् श्रीकृष्णसँग क्षमायाचना गर्छन्।त्यससमयदेखि नै गाेवर्धन पर्वतकाे पूजा सुरुवात भएको पुराणमा उल्लेख छ।यसदिन हलाेलगायत सबै कृषि उपकरणको पूजा गरिन्छ।नेवार समुदायले यसैदिन आत्मपूजा गर्ने गर्छन्।यसदिन नेवारहरुले मण्डप बनाई पूजा गरेर साे प्रसाद आफूले खाने गर्छन।याे यमपञ्चककाे चाैँथाे दिन हाे।यसैदिन राष्ट्रिय विभूति शङ्धर शाख्वाले सबै देशबासीकाे ऋणमाेचन गरेर नेपाल सम्वत् सुरुवात गरेका थिए।यसदिन श्रद्धाभक्तिपूर्वक गाेरुलाई पूजा गरेर मीठो मीठाे खानेकुरा खान दिइन्छ।

तिहार/भाइटीका:-
कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका पर्छ।दिदीबहिनीले दाजुभाइकाे पूजा गर्ने,सम्मान गर्ने,मीठामीठा खानेकुरा खानदिने चलन छ।यसदिन दियाे,कलश,गणेश पूजा गर्ने ,यमराजकाे स्थापना र आवाहन गरेर पूजा गर्ने गरिन्छ।यसदिनमा दाजुभाइले दिदिबहिनी र दिदिबहिनीले दाजुभाईलाई सुख,समृद्धि,कामना गर्दै टीका लगाइदिने गर्छन्।दिदिबहिनीले दाजुभाइलाई गच्छेअनुसार उपहार र दाजुभाइले पनि दिदिबहिनीलाई गच्छेअनुसार दानक्षिणा दिने गर्छन्।तेलकाे धारा छेकेर दाजुभाइकाे पूजा गरिन्छ।यसदिन दिदिबहिनी नहुनेले काठमाडौं रानीपाेखरी पुगेर टीका लगाउने गर्छन्।यसदीन पन्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गरिन्छ।शास्त्रअनुसार राताे,सेताे,पहेँलो,हरियो,नीलाे गरी पाँचवटा रङ्गको उल्लेख गरिएको छ ।याे यमपञ्चककाे महत्त्वपूर्ण दिन हाे।

ताजा लेख/समाचार
error: Content is protected !!