सोह्र श्राद्ध पितृ पक्ष २०८१ साल आश्विन (असौज) २ गते बाट प्रारम्भ !
प्रकाश पौडेल
सेयर गर्नु होस् !
सेयर गर्नु होस् !
सोह्र श्राद्ध पितृ पक्ष
२०८१ साल आश्विन (असौज) २ गते बाट प्रारम्भ ! कुन तिथिको श्राद्ध कति गते गर्ने?
- कुन तिथिको श्राद्ध कति गते गर्ने?
सके सम्म सबै तिथिमा (१५ दिन)पिण्डदान दिनु नसकेमा बुवाको मृत्यु तिथिमा गर्नु पर्छ ।
त्यसमा पनि विशेष कारणले नसकेमा त्यहि पक्षको औंशीमा गर्नु पर्छ । त्यसरी पनि गर्न नसके सामान्य न्याय अनुसार गाई तिहारे औंशीमा गर्नु पर्छ ।
भन्ने शास्त्रीय मत देखिन्छ । - विशेष
अज्ञानवस,तिथि थाहा नभए र अथवा अन्य कारणले श्राद्ध गर्न छुटेमा एकादश्यांतु कर्तव्यं कृष्णपक्षे विशेषतः भन्ने वचनका आधारमा एकादशी मै गर्नु पर्ने शास्त्रकाे मत देखिन्छ तर पनि वशिष्ठले यश मतमा असन्तुष्टि राख्दै भनेका छन् पुत्रको चाहाना राख्नेले एकादशीमा श्राद्धकर्म गर्न हुदैन र यशलाइ निराधार मान्न सकिदैन अर्थात एकादशीमा श्राद्ध गर्नु हुन्न र यो नियम रोकिएका श्राद्धका बिषयमा हो । केही शास्त्र प्रमाणले आौंशीका दिन श्राद्ध गर्नु सर्वोत्तम भनेका छन् तर लोक व्यवहारमा मध्यम तिथि अष्टमीमा गर्ने प्रचलन अधिक देखिन्छ यहाँ मध्ये तिथि भन्ने शब्दलाई मध्यम् बनाएर तर्क गरेको पनि सुने तर…। शास्त्रकै दृष्टिमा पनि अष्टमीमा गर्न मिल्छ भन्ने मत छ । मृत्यु भएकै तिथिमा श्राद्ध गर्नु पर्छ भएन भने चाँही शास्त्रले निषेध गरेका दिन बाहेक अन्यदिन द्वादशी औंशी र अष्टमीमा श्राद्ध गर्नु पर्ने कुरा धर्म सिन्धुमा स्पष्ट छ । - पुर्णिमाको श्राद्ध ?
तर पुर्णिमाको श्राद्ध सोह्र श्राद्ध सुरु नहुदै अघिल्लो दिन पुर्णिमामै गर्ने गरेको देखियो तर यो निराधार र अशास्त्रीय भएको मानिन्छ अघिल्लोदिन सोह्रश्राद्ध सुरु नहुदै कसरि सोह्र श्राद्ध गर्न मिल्छ र ? । - पुर्णिमाको श्राद्धमा शास्त्र-
यस बिषयमा पुर्णिमा शब्द प्रयोग गरि शास्त्रले केहि बोलेको खासै भेटिदैन बरु मौनता अधिक देखिन्छ । निर्णय सिन्धु/श्राद्ध प्रकाश पनि मौनतामै रमणको आभास गराउन्छन् । तर धर्म सिन्धु भने आफुमा यस प्रश्नको उत्तर समाहित गरेको देिखन्छ । - धर्म सिन्धु :
चतुर्दशी र पुर्णिमाका दिन मृत्यु तिथि परेमा सोह्र श्राद्धमा द्वादशी औंशी र अष्टमीमा (मध्ये कुनै एक दिन)श्राद्ध गर्नु पर्ने कुरा धर्म सिन्धुमा स्पष्ट छ । औंशीमा सबै शास्त्रले श्राद्धका लागि विशेष मानेका हुँदा औंशीमै गर्नु अझ शास्त्रको मर्म बुझिने तर्क बलियो लाग्छ । तथापि द्वादशी औंशी र अष्टमीमा (मध्ये कुनै एक दिन)श्राद्ध गर्नु शास्त्र सम्मत नै रहने छ । - चतुर्दशीमा श्राद्ध निषेध-
चतुर्दशीमा मृत्यु तिथि हुनेले चतुर्दशीमै साेह्र श्राद्ध गर्न मिल्दैन यहाँ पनि माथिकै नियम लागु हुन्छ चतुर्दशीमा केवल शस्त्रले मारिएकाकाे मात्र तिथि गर्नु पर्छ । तर यसमा असहज देखिन्छ चतुर्दशी मृत्यु तिथि हुनेहरूकाे चतुर्दशीमै गर्न चाहाने र तर्क गर्ने अधिक भएता पनि निति नियममा प्रमाणको आवस्यकता पर्छ र प्रमाणले चतुर्दशीमा गर्न मिल्दैन बरु १५ दिन सधैं गर्न भने मिल्ने देखिन्छ । - १५ दिनको तिथि सोह्र श्राद्ध कसरि भयो ?
सोह्रश्राद्धमा १५ तिथि हुनु र त्यसलाई सोह्र श्राद्ध भनिनु आफैमा प्रस्न वाचक चिन्ह प्रस्तुत गरेको तर्क लोक व्यवाहारमा छ र यसमा लौकिक मतान्तर पनि स्पष्ट देखिन्छ । तर निर्णय सिन्धुमा हेमाद्रिले तिन प्रकारका निर्णय प्रस्तुत गरेको पाइन्छ । जसमध्ये अन्तिम शास्त्रीय मर्मानुसार भएको व्याख्या छ । पूर्णिमा लाई पूर्ण चन्द्रोदय भएका कारण र वृद्धितिथिलाई क्षय तिथि हुदाँ सान्दिर्भिक नभएकाले अघिल्ला २ निर्णय शास्त्रको मर्मानुसार नभएको मान्न सकिन्छ । तर अन्तिम निर्णयमा संका उत्पन्न हुदैन
अहः षोडशकं युत्तु शुक्ल प्रतिपदा सह ।
चन्द्रक्षयाविशेषेण सापि दर्शात्मिका स्मृता ।
आस्विन शुक्ल प्रतिपदासमेतको योग गर्दा शुक्ल प्रतिपदा सहित १६ तिथि हुन्छन् अत यसैलाई सोह्र श्राद्ध भनिएको हो । शुक्ल प्रतिपदामा चन्द्रमाको क्षय हुने हुँदा अथवा चन्द्रमा नदेखिएको कारणले यसलाई अमावस्यासरह मान्नु पर्छ भन्ने व्याखया निर्णय सन्धिुमा छ । - श्रीमतीको आवस्यकता-
महालय सोह्र श्राद्ध सपत्निक(पत्निलाई साथमा लिएर)गर्नु पर्छ । पत्नि रजस्वला भएमा चोखिए पछि र गर्भिणी भएमा सिधादान मात्र गरे पनि हुन्छ । - अकाल मृत्यु
कसैको शस्त्रादी,दुर्घटनादिबाट अकाल मृत्यु भएमा चतुर्दशीका दिन श्राद्ध गर्नु पर्छ ।
- दुई भाईले एउटै घरमा श्राद्ध गर्न नहुने
मानो पाथी गरी छुट्टिएका वा भान्सा फरक भएका फरक घर धुरी भएकाले छुट्टाछुट्टै तिथि गर्नु पर्छ । एउटै घरमा दुई भाइले छुट्टा छुट्टै गुरु पुरोहित बाट श्राद्ध गर्न नमिल्ने देखिन्छ । तर केहि तर्कका धनिले यसमा संका गरेपनि नीति नियमहरु प्रमाणको अभावमा वा भावनात्मक रुपमा परिवर्तित हुदैन ।
• टिका लगाउने कुरा
ललाटे पुण्ड्रकं दृष्ट्वा स्कन्धे माला तथैव च ।
निराशा: पितरो यान्ति दृष्ट्वा च वृषलीपतिम् ।
ऊर्ध्वञ्च तिलकं कुर्याद्दैव पित्र्ये च कर्मणी ।।
श्राद्ध होस् अथवा देव कर्म त्रिपुण्ड अथवा गोलाकार टिका निशेष गरिएको छ । यस्ता कर्म गर्दा उर्ध्व अर्थात माथि गएको टिका लगाउनु पर्ने वृद्ध पराशरको मत रहेको छ । तथापि यस विषयमा स्व-इच्छा भन्ने मत पनि छ र यो अधिक शक्तिशाली रहेको छ । तर्क बलियो छ र यो शास्त्रीय तर्क हो । - भ्रम
केहि अज्ञानी व्यक्तिले विवाह गरेको ६ महिना भित्र श्राद्ध गर्न नहुने बताएका छन् तर यसमा शास्त्रीय तर्क नभएको वृहस्पतिको मत रहेको छ । - महालय नगर्दा : श्राद्धं न कुरुते मोहात् तस्य रक्तं पिवन्ति ते ।
श्राद्ध नगर्दा प्रेत गति प्राप्त गरि मरेका व्यक्तिले घोर कष्ट पाउन्छन् र व्याध्य भएर सन्तान (जिवित व्यक्ति)को क्षण क्षणमा खुन चुस्छन् घोर कष्ट दिन्छन् । जसका श्रापले आफु र आफ्ना छोरा छोरीले जिवन भरी घोर कष्ट भोग्न पर्छ ।
-ब्रह्म पुराण जसले पितृहरुकोमहालय श्राद्ध प्रमादवस गर्दैन त्यसले निम्नलिखित मन्त्र दुइ महिना सम्म दिनमा १० पटक जप गर्नु पर्छ । मन्त्र प्रमाण : ऋ/१/१५३/
(वास्तवमा माथि उल्लेखित निर्णय सोधिएका प्रस्नका जवाव (QNA)हुन् ।निर्णय सिन्धुमा,श्राद्ध प्रकाश,धर्म सिन्धुमा उल्लेख छन् हचुवाका भरमा लेखिएका हैनन् प्रमाण सुरक्षित छन्)
•वास्तविक निर्णय
सामाजिक सञ्जालका सबै तर्क मान्ने योग्य अथवा शास्त्रीय हुदैनन् । फेरी वेदका अनेक शाखा छन् र साखा अनुसारको निर्णय फरक-फरक पर्छ/मत मान्तर पनि छन्/कतिपय अवस्थामा लोकाचार र कुलाचार पनि बाधक नबन्ला भन्न सकिदैन अत: यसमा स्व- विवेक प्रयोग गर्नु उत्तम हो ।
• अन्तिम निर्णय
स्व-विवेकले छुट्टाउन नसकेमा र शास्त्रीय ज्ञानको अभाव भएमा कर्म लोप गर्नु र गराउनु हुदैन र कुनै बिषयमा मनमा संका राखि कार्य गर्दा कर्म निष्फल हुन्छ । अत: अन्तिम निर्णयका रुपमा पुरोहितको निर्णयनै सर्वोपरी मानि कर्म गर्नु पर्छ यसमा कुनै दोष नलाग्ने गुरुजनको शास्त्रीय मत रहेको छ ।