nepalastrovisio.com

यश बर्ष श्रीकृष्ण जन्माष्टमी कहिले मनाउने अन्यौल कायमै छ ?

जब तिथिको समय घटि पला तलमाथि अथवा थप तथा घट बढ हुन्छ तव यस्तो खालकाे अन्यौल आउन्छ । अहिले जनै पूर्णिमा मात्र हैन जन्माष्टमी व्रतमा पनि अन्यौल कायम रहने देखिन्छ । २० गते वृद्धा सप्तमी परको छ भने २१ गते अष्टमी । तर सार्वजनिक विदा जन्माष्टमी विदा 20 गते छ तर पञ्चांगमा अष्टमी व्रत २१ लेखिएकाे छ भन्दै अन्याैलमा रहेकाे केहि गुनासाे अाएकाे छ ।
मतभेद चिर्न बनेको धर्म संस्कृतीको संबिधान निर्णय सिन्धुको मत के छ ? २० गते मनाउने कि २१ गते ।
यो जान्न सबैभन्दा पहिला तिथि जान्नु पर्छ ।
भाद्र महिना कृष्ण पक्ष अष्टमी २० गते राति ८ः०४ बजे पछि २१ गते ७ः५७ बजे राति सम्म । त्यस्तै उत्तम योगका लागि रोहिणी नक्षत्र २० गते दिउँस २ः४४ पछि २१ गते दिउँस ३ः १२ बजे सम्म ।
अब निर्णय सिन्धु हेरौ । 

‘सप्तमीसंयुताष्टम्यां निशीथे रोहिणी यदि । भविता साष्टमी पुण्या यावच्चन्द्रदिवाकरौ ।।’ इति वह्निपुराणाच्च । द्वितीयेऽसन्देह एव तृतीयपक्षे परैव ।

‘वर्जनीया प्रयत्नेन सप्तमीसंयुताष्टमी साक्षापि न कर्तव्या सप्तमीसंयुताष्टमी ।।’ इति ब्रह्मवैवर्तात् । चतुर्ष्वपि त्रेया पूर्वेद्युर्निशीथेऽष्टमी परेऽद्धि रोहिणी, परेमी पूर्वेहि रोहिणी, उभयेयुरुप

निशीथासम्बन्धो वेति आये परेर्जयन्ती योगस्य सत्त्वात्परैवेति माधवः । तदुक्तं तेनैव

यस्मिन्वर्षे जयन्त्याख्यो योगो जन्माष्टमी तदा। अन्तर्भूता जयन्त्यां स्यानुयोगप्रशस्तितः।। इति।

सप्तमीसहित – पद्मपुराणमा भनिएको छ – रोहिणीसहित अष्टमी भएमा त्यो सप्तमीविद्ध भए पनि ग्राह्य हुन्छ। फेरि गरुडपुराणमा भनिएको छ सप्तमीविद्धा जयन्तीमा उपवास गर्नुपर्दछ । यसैगरी आग्नेयपुराणमा भनिएको छ अष्टमीको आधारातमा रोहिणीनक्षत्र भएमा त्यो अष्टमी सूर्य चन्द्र रहेसम्म पुण्यफलदायक हुन्छ। दोस्रो पक्षमा कुनै सन्देह छैन । तेस्रो पक्षमा परा अष्टमी नै लिनुपर्दछ किनकि ब्रह्मवैवर्तमा भनिएको छ सप्तमीसहित अष्टमीलाई प्रयत्नपूर्वक छाड्नुपर्दछ । त्यो अष्टमी रोहिणीनक्षत्रले सहित भएमा पनि लिनुहुँदैन । चौथो पक्ष पनि तीन प्रकारको हुन्छ १. पहिलो दिन आधारातमा अष्टमीतिथि र पछिल्लो दिन रोहिणीनक्षत्र हुनु, २. दोस्रो दिन अष्टमी र पहिलो दिन रोहिणी हुनु, ३. दुबै दिन आधारातमा रोहिणी र अष्टमीको सम्बन्ध नहुनु । प्रथमपक्षमा दोस्रो दिन जयन्ती रहनाले दोस्रो दिन नै उपवास गर्नुपर्छ भन्ने माधवको मत छ । माधवको भनाइ यसप्रकार छ जुन वर्ष जन्माष्टमीमा जयन्तीयोग पर्दछ त्यो वर्ष जन्माष्टमी जयन्तीयोगमा अन्तर्भूत हुन्छ। किनभने रोहिणीयोगमा पर्ने जन्माष्टमीको निकै महत्त्व हुन्छ । -अब यहाँ छुट्टै रंगले चिन्ह लगाएको प्रमाणलाई हेर्दा २० गते राति अष्टमी त्यस्मा पनि रोहिणी सहितको रात्रीकालिन अष्टमी भएकोले २० गते नै जन्माष्टमी व्रत सर्वोत्तम हुन्छ । जन्माष्टमी व्रत र अष्टमी व्रत फरक अर्थात भिन्न हुन तिथि व्रतमा सामान्यतया उदयकालिन तिथि लिने गरिन्छ । त्यसैले २१ गते अष्टमी व्रत र २० गते जन्माष्टमी व्रत रहेकाे छ ।

ज्याेतिष- प्रकाश पाैडेल

सचिव ः नेपाल ज्याेतिष परिषद् कपिलवस्तु

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!