nepalastrovisio.com

जनै पूर्णिमा १४ गते हाे । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति-विज्ञप्ति सहित

जनै पूर्णमाका विषयमा अन्योल थपिदै गए पछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति एक विज्ञप्ति जारी गर्दै अन्योलमा नरहन आग्रह गरेको हो ।
विज्ञप्तिमा के छ ?
वि।सं। २०८० सालको भाद्र १४ गते विहिवारको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व सम्बन्धमा समाजमा हाम्रो धर्मशास्त्र, संस्कृति र परंपरामा असर पर्ने गरी भ्रामक टीका टिप्पणी र प्रचार(प्रसार भएकोले जनमानसमा भ्रम सृजना भएको भन्ने जानकारी समितिमा आएको छ । यस सन्दर्भमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा धर्मशास्त्रीहरू र चाडपर्वविशेषज्ञहरूको उपस्थितिमा व्यापक छलफल गरी शास्त्रको मर्म र विद्वानहरूको राय मुताविक निर्णय भई स्वीकृत पञ्चाङ्गहरूमा उल्लिखित भाद्र १४ गते विहिवार पर्ने ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन हाम्रो धर्म, संस्कृति र परंपरा अनुकूल रहेको छ । अघिल्लो दिन पूर्णिमासँगै भद्रा रहेकाले १३ गते रात्रिमा ९ वजेर ३ मिनेटमा मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न मिल्दैन । रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भोलिपल्ट नै गर्नु पर्ने देखिन्छ । हालसम्म रक्षाबन्धन र जनै पूर्णिमालाई अलग अलग गर्ने परम्परा पनि छैन र एकै दिन गर्ने गरेको नै नेपालको परम्परा रहेको देखिन्छ ।

यस वर्षको जस्तो तिथिहरूको अवस्था गतवर्षहरूमा पनि परेको थियो जस्तै वि।सं। १९९४, २०२४, २०३०, २०३१, २०५५ २०६१, २०७० र २०७९ सालमा पनि परेको थियो । उक्त वर्षहरूमा १ घडीमात्र उदयपूर्णिमा भए पनि सोही दिन नै जनै पूर्णिमा मनाइएको पाइन्छ । धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखासूत्र, अनुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने हाम्रो परंपरासमेत रहि रहेको छ । भाद्र १४ गते का दिन पूर्णिमा तिथि को घट्यादि घ मुहूर्त व्यापी छँदैछ । यसको अनुकल्प २ मुहूर्त भए पनि पुग्छ । विधि निषेधको न्यायद्वारा अगिल्लो दिन उक्त पर्वमनाउने विधि र भोलिपल्ट मनाउनै नहुने निषेध पनि देखिन्न । चार वेदका पनि अनेक शाखासूत्र भएकाले कतिपय निर्णय स्वशाखा सूत्रानुसार हुने गर्दछ । स्वशाखा सूत्रमा फरक परेमा आफ्नो शाखासूत्रानुसार गर्ने छुट पनि सवैलाई रहेको सूचना समितिवाट स्वीकृत सवै पञ्चाङ्गहरूमा उल्लेख नै छ ।शास्त्रका निम्नलिखित वचनहरूले पनि उदयकाल पूर्णिमाको दिन नै उपाकर्म, रक्षाबन्धन आदि गर्नुपर्ने

पुष्टि गर्दछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!